राष्ट्रपति कार्यलयमा सुटुक्क पुगे माधव नेपाल - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

राष्ट्रपति कार्यलयमा सुटुक्क पुगे माधव नेपाल



काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई बोलाएर भेटघाट गरेकी छन्।

नेकपामा आन्तरिक विवाद चर्किंदै गएपछि राष्ट्रपति भण्डारीले नेपाललाई बोलाएर भेटघाट गरेकी खबर आजको नागरिक दैनिकले छापेको छ।

‘उहाँहरुबीच पार्टीको आन्तरिक विषय र समसामयिक राजनीतिबारे कुराकानी भएको छ,’ राष्ट्रपति कार्यालय स्रोतले भन्यो। तर नेपालको सचिवालयले भने भेटघाटको पुष्टि गरेन।

भेटमा राष्ट्रपति भण्डारीले पार्टीभित्रको आन्तरिक विवाद सुल्झाएर पार्टीलाई एकतावद्ध बनाएर लैजान नेपाललाई आग्रह गरेकी थिइन्।

नेपालले पनि आफू पार्टी एकताको पक्षमा रहेको बताउँदै प्रधानमन्त्रीलाई सम्झाउन आग्रह गरेका थिए।

आफूलाई तत्काल प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदको लोभ नभएको पनि उनले बताएको स्रोतले जनाएको छ।