नेपाल विद्यार्थी संघद्वारा तीनवटा सरकारी गाडीमा तोडफोड - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

नेपाल विद्यार्थी संघद्वारा तीनवटा सरकारी गाडीमा तोडफोड



दाङ– मूल्य वृद्धि फिर्तालगायत माग राख्दै आन्दोलनरत नेपाल विद्यार्थी संघ समर्थित विद्यार्थीहरुले तुलसीपुरमा आज तीनवटा सरकारी गाडीमा तोडफोड गरेका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार विद्यार्थीहरुले अदुवा अनुसन्धान केन्द्र सल्यानको बा२झ ३०७०, जिल्ला प्राविधिक कार्यालय रुकुमको बा१झ ८४२२ तथा आन्तरिक राजश्व कार्यालय तुलसीपुरको मोटरसाइकल तोडफोड गरेका छन् ।

गाडी तोडफोड गरेको आरोपमा प्रहरीले दंगिशरण गाउँपालिका–७ का प्रकाश चौधरीलाई पक्राउ गरेको छ । नेवि संघले केन्द्रीय कार्यक्रम अनुसार आज जिल्लामा सरकारी कार्यालयका गाडी सञ्चालनमा रोक लगाएको थियो ।