नेपालको राम्रो खेल : सिंगापुरलाई कडा लक्ष्य - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

नेपालको राम्रो खेल : सिंगापुरलाई कडा लक्ष्य



काठमाडौँ – यू–१९ विश्वकप एक दिवसीय एशिया छनोट प्रतियोगिता अन्तर्गत नेपालले सिंगापुरलाई जितका लागि २८३ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४६ ओभरमा अलआउट हुँदै २८२ रन बनायो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ९५, रसिद खानले ४८, पवन सराफले ४७, कमलसिंह ऐरीले ३१ तथा भिम शार्कीले २६ रनको योगदान दिए ।

सिंगापुरका लागि आथर्भा गुनेले ४ विकेट हात पारे । यस्तै राहुल शर्मा र बिनित मेहेताले समान २-२ विकेट लिए ।