नेपाल बन्यो समूह विजेता : सेमिफाइनलमा प्रवेश - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

नेपाल बन्यो समूह विजेता : सेमिफाइनलमा प्रवेश



काठमाडौं । नेपालले सिङ्गापुरलाई हराउंदै समूह विजेता बनेको छ भने यो जितसंगै नेपाल सेमिफाइनलमा पुगेको छ  । मलेसियामा जारी एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेटमा सिङ्गापुरसंग फराकिलो जित निकालेको थियो ।

शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा सिंगापुरलाई २१७ रनले पराजित गर्दै नेपाल समूह विजेता बनेको हो । सिंगापुर समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

क्वालालम्पुरस्थित किनरारा ओभलमा नेपालले दिएको ३ सय २७ रनको लक्ष्य पछ्याएको सिंगापुर ३९ ओभर २ बलमा अलआउट हुँदै १०९ रनमा समेटियो ।

सिंगापुरका लागि हरी कुकरेजाले सर्वाधिक ३० रन जोडे । यस्तै कन्नुस्वामी सतिशले २४ रन बनाए । चन्द्रमाउली श्रीदेबले २३ रन बनाएपनि अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

सिंगापुरलाई सस्तैमा समेट्न कुशल मल्लले ४ विकेट लिए । यस्तै तिलक राज भण्डारीले २ तथा रसिद खानले १ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभर खेल्दै ४ विकेट गुमाएर ३२६ रन बनायो ।

नेपालको फराकिलो स्कोरमा रित गौतमले शतकीय इनिङ्स खेले । अविजित रहेका रितले ११५ रन बनाए । प्रतियोगिताको यो पहिलो शतक हो ।

खडक बोहोराले ९० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कुशल मल्लले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेल्दा पवन सर्राफ ४५ रन बनाए ।

सिंगापुरका लागि प्रणव सुदर्शन राजेश कृष्णन र भिनित चितेस मेहेताले समान २/२ विकेट लिए ।