माधव नेपालले भने: मैले नेतृत्व हस्तान्तरण गर्न तयार छु - Himal Post Himal Post
  • १४ माघ २०८१, सोमबार
  •      Mon Jan 27 2025
Logo

माधव नेपालले भने: मैले नेतृत्व हस्तान्तरण गर्न तयार छु



काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोहि आए पार्टीको नेतृत्व तत्काल हस्तान्तरण गर्न तयार रहेको बताएका छन् । उनले नयाँ पुस्ता तयार भएको खण्डमा तत्काल नेतृत्व दिन तयार रहेको बताए ।

शनिबार ललितपुरमा पेशगत महासंघ बागमती प्रदेश समितिद्वारा आयोजित ललितपुर जिल्ला स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले एमालेका दोश्रो पुस्ताका नेताहरूले यसअघि नै दुई वटा पार्टी दर्ताको प्रयास गरेको दाबी गरेका छन् ।

उनले कलम चिन्ह भएको नेकपा एकीकृत पार्टी र नेकपा लोकतान्त्रीक पार्टी पनि दोश्रो पुस्ताले खोलेको दाबी गरे । अहिले उनको विरोध गरेकै नेताहरूले दुई नयाँ पार्टी खोलेको उनले बताए ।

केपी शर्मा ओलीको प्रवृतिविरुद्ध कुनै नयाँ पार्टी गठन गरौ भन्दै दोश्रो पुस्ताका नेताहरूले दुई वटा पार्टी निर्वाचन आयोगमा दर्ता गरेको उनको भनाइ छ ।

उनले यसअघि नयाँ पार्टी खोलौ भन्‍ने नेताहरूले नै आफुहरूको पार्टीको विरोध गरेको आरोप लगाए । अध्यक्ष नेपालले दोश्रो पुस्ता आफ्नो पार्टी आए आफु अध्यक्ष पद नै हस्तान्तरण गर्न तयार रहेको स्पष्ट पारे ।

नेकपा (एकीकृत समाजवादी) गठन पदका लागि नभएर विचार र सिद्धान्तका लागि गठन भएको उनले बताए । उनले विचार मिल्ने शक्तिहरूसँग सहकार्य गरेर अघि बढ्ने बताए । अहिले नै कुनै पार्टीसँग एकता नगर्ने र पार्टीको आधार बलियो बनाउने नेपालको भनाइ छ ।

फरक प्रसंगमा उनले अन्य धर्म लिएका व्यक्तिलाई पशुपति बिकास कोषको सदस्य सचिव बनाउन आफुले पहल गरेको भनेर गलत भ्रम फैलाएको उल्लेख गरे । अध्यक्ष नेपालले पार्टीलाई केन्द्रदेखि तल्लो तहसम्म बलियो बनाउदै मुलुकको अग्रगमको पक्षमा काम गर्ने बताए ।