जबजलाई आत्मसात गर्छौँ, युवालाई रोजगारी दिन्छौँ: माधव नेपाल - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

जबजलाई आत्मसात गर्छौँ, युवालाई रोजगारी दिन्छौँ: माधव नेपाल



नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवाद (जबज)लाई आत्मासात गर्न चाहेको बताएका छन्।

पार्टी निकट युवा संघ नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा नेपालले जनताको बहुदलीय जनवादको मूल्य र मान्यतालाई रक्षा गर्दै आफ्नो पार्टी अघि बढ्ने बताएका हुन्।

उनले पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारीजस्ता नेताहरुको जीवनबाट प्रेरणा लिएर आफ्नो पार्टी अघि बढने प्रतिबद्धता समेत जनाए्। ‘जनताको बहुदलीय जनवादलाई हामीले आत्मासात गर्न चाहन्छौं। र, त्यसको मूल्य र मान्यताको रक्षा गर्न चाहन्छौं,’ नेता नेपालले भने।

उनले माओ, होचि मिन्हजस्ता नेताहरुले विश्व कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय बनाएको उल्लेख गर्दै त्यसबाट सिकेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।

अर्को प्रसंगमा नेपालले आफ्नो पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी दिने बताउँदै पार्टीमा आवद्ध युवाहरुले सामाजिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।