माधव नेपाल भन्छन्: ओली प्रवृत्तिको अन्त्य, जनताको जित भयो
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत प्राप्त गरेपछि जनताको जित भएको प्रतिक्रिया दिए ।
उनले आजको मत परिणामबाट संविधान जोगिएको बताए । नेता नेपालले ओली प्रवृत्तिका बिरुद्ध ठुलो उपलब्धि बहेको समेत बताएका छन् ।
पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै नेपालले भने, ‘संविधान जोगियो, संविधान निर्माताको भावनाको सम्मान भयो । निरंकुश प्रवृत्तिमाथि अंकुश लाग्यो । सर्वोच्चको ऐतिहासिक फैसलाको हामीले उचित कदर गरेका छौं । यो जनताको जित हो, लोकतन्त्रको जित हो र संविधानको जित हो ।’