कारबाही फिर्ता लिए एमालेमा फर्किने माधव नेपालको संकेत - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

कारबाही फिर्ता लिए एमालेमा फर्किने माधव नेपालको संकेत



काठमाडौं अलग्गै पार्टीको अभ्यास गरिरहेका नेकपा एमालेका नेता माधव कुमार नेपालले कारबाही फिर्ता लिए एमालेमा फर्किने संकेत गरेका छन् । उनले संस्थापनको कारबाहीमा परेका एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता जोगाउन वार्ताको ढोका अन्तिमसम्म बन्द नगरिने बताएका छन् ।

नेता नेपालले लार्बाही फिर्ता नलिएको खण्डमा पुनर्गठन अभियान नरोकिने प्रस्ट्याउँदै नेपालले लोकतान्त्रिक शक्तिहरूसँगको सहकार्यलाई पनि मजबुत बनाउँदै लैजानुपर्नेमा जोड दिए ।

‘एमाले हामीले निर्माण गरेका हौँ, तर पार्टी निर्माण गर्नेहरूमाथि नै कारबाही गरेर अहिले एकांकी हिसाबले एकताको कुरा गरिएको छ, केपी ओली एकपछि अर्को गल्ती गर्दै जाँदा पार्टी गम्भीर मोडमा उभिएको छ,’ नेपालको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘हामी कोही पनि पार्टी एकताविरोधी छैनौँ, तर जसले गल्ती गरेको हो, उसैले सच्याउनुपर्छ, कारबाही फिर्ता लिएर पहिला वातावरण बनाउनुपर्छ, हामी अन्तिमसम्म वार्ताको ढोका बन्द गर्दैनौँ ।’

यद्यपि, उनले संस्थापन पक्षसँग अनौपचारिक र औपचारिक तहमा वार्ता चलिरहे पनि पार्टी पुनर्गठनका लागि देशव्यापी समानान्तर संरचना बनाउने अभियान भने जारी रहने प्रस्ट्याएका थिए ।

ओलीले अझै वार्ताका नाममा जालझेल गरिरहेको हुन सक्ने आशंका गर्दै उनले लोकतान्त्रिक शक्तिहरूसँगको मोर्चाबन्दीलाई बलियो बनाउने कुरालाई पनि प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका थिए ।

‘वार्ताको ढोका बन्द गर्नुहुँदैन, तर पार्टी पुनर्गठन अभियान र लोकतान्त्रिक शक्तिहरूसँगको मोर्चालाई पनि बलियो बनाएर अघि बढ्नुपर्छ भन्ने उहाँको भनाइ हो,’ भुसालले भने ।