नेपाल समूहका नेताहरू स्थायी कमिटी बैठकमा उपस्थित - Himal Post Himal Post
  • ७ माघ २०८१, सोमबार
  •      Mon Jan 20 2025
Logo

नेपाल समूहका नेताहरू स्थायी कमिटी बैठकमा उपस्थित



काठमाडौं-नेकपा (एमाले)को स्थायी कमिटी बैठक ललितपुरमा सुरू भएको छ । बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बसिरहेको छ ।

बैठकमा सहभागी नहुने बताएको माधव नेपाल पक्षका नेता भीम रावलसहित कार्यदलका सदस्य भने बैठकस्थलमा पुगेका छन्। नेपाल पक्षधर दोस्रो तहका नेताहरू स्थायी कमिटी बैठकमा पुगेका हुन् ।

उनीहरू केहीबेर अगाडी तुल्सीलाल स्मृति भवनमा पुगेका हुन् । बैठकमा सहभागी हुनु भन्दा पनि आफ्ना कुरा राख्न आएको स्थायी कमिटी सदस्य घनश्याम भुसालले बताए ।

वार्ता टोली संयोजक भीम रावलसहितका नेताहरु पार्टी बैठक चलिरहेका बेला त्यहाँ पुगेका छन् । भीम रावल,सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्य बैठकस्थलमा पुगेका छन् ।