माधव नेपाल समूह अत्यन्त षड्यन्त्रकारी : प्रधानमन्त्री ओली - Himal Post Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

माधव नेपाल समूह अत्यन्त षड्यन्त्रकारी : प्रधानमन्त्री ओली



काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अल्पमतको प्रधानमन्त्री नियुक्त भएयता राजनीतिक समीकरणमा वैशाख २७ मा संसदमा विश्वासको मत लिदाँको अवस्थाभन्दा धेरै भिन्न नभएकाले आफूले नयाँ प्रक्रियाबाट सरकार बनाउन मार्ग प्रशस्त गरेको बताएका छन् ।

जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधानले सिर्जना गरेको समयको चापका कारण फेरि विश्वासको मत लिनेतर्फ जानु आफूलाई उचित नलागेकाले राष्ट्रपतिलाई ७६ (५) अन्तर्गत नयाँ सरकार गठन गनै आह्वान गर्न निवेदन दिएको बताएका छन् ।

संसदमा विश्वासको मत प्राप्त हुने स्थिति नदेखेकाले आफूले मार्ग प्रशस्त गरिएको उनको भनाइ छ । ‘संसदीय गणितको गोटी सारेजस्तो यता र उता गरेर सरकारलाई कामै गर्न नदिने भएपछि मैंले पुस ७ गते प्रतिनिधिसभा विघटन गरेको थिएँ’ उनले भने, ‘पछि प्रतिनिधिसभा पुनःस्थापना भएपछि पनि अविश्वासको प्रस्ताव डेढ महिनासम्म नआएपछि मैंले आफैंले विश्वासको मत लिने निर्णय गरेको थिएँ ।’

उनले संवैधानिक प्रक्रियाको चक्रबाट अघि बढ्दा अस्वस्थ खेलको चक्रब्यूहमा परिने स्थिति भएकाले आफूले प्रतिनिधि सभा विघटन गर्नुपरेको दोहोर्‍याए । प्रधानमन्त्री ओलीले अरू दल पनि सरकार बनाउन नसक्ने र आफूलाई पनि विश्वासको मत नदिएर घेराबन्दी गरिएको बताए ।

उनले माधवकुमार नेपाल समूहका २७ जना सांसदले संसदमा अनुपस्थित भएर अनुशासनहीन, अनैतिक र अपराधिक काम गरेको बताए । माधव नेपाल समूह मीर कासिम जस्ता षड्यन्त्रकारीभएको बताए । ब्रिटीश इण्डियामा मीर कासिमले आफ्नै ससुरालाई हराएर ब्रिटीश राज स्थापित गर्न मद्दत गरेका थिए ।