माधव नेपाल समूह आन्तरिक छलफलमा
काठमाडौं । मन्त्रिपरिषद् विस्तार र मन्त्रालय भागबण्डाबारे विषय टुंगो लगाउन सत्तारुढ गठनबन्धनका मुख्य तीन शीर्ष नेता छलफलमा जुटेका छन् ।
एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल आफूपक्षीय आन्तरिक बैठकमा व्यस्त रहेकाले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवासहित माओवादी अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवबीच वार्ता भइरहेको छ ।
कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का संयोजकत्वको कार्यदलले मस्यौदा गरेको सरकारको न्यूनतम साझा कार्यक्रमबारे पनि शीर्ष नेताबीच कुराकानी हुँदैछ । यसबाहेक मन्त्रालयको भागबण्डामै वार्ता केन्द्रित रहेको बताइएको छ ।
माधव नेपाल पक्ष सरकारमा आउँदा र नआउँदाको अवस्थामा मन्त्रालय भागबण्डा हेरफेर हुने भएकाले नेताहरु छलफलमा छन् ।