नेपाल समुहको स्थायी कमिटी बैठक बस्दै: वैकल्पिक सरकारबारे पनि छलफल हुने
काठमाडौं- नेकपा एमालेको माधव नेपाल समुहको स्थायी कमिटी बैठक डाकेको छ । केपी शर्मा ओलीलाई विश्वासको मत नदिएको सो समुहले विकशित घटनाक्रमबारे छलफल गर्ने बताइएको छ ।
एक स्थायी कमिटि सदस्यका अनुसार भर्चुअल रूपमा बैठक आह्वान गरिएको छ । ति नेताका अनुसार अबको सरकार र ओली पक्षले आफूहरूमाथि गर्ने भनेको कारबाही बारे पनि छलफल हुनेछ ।
पछिल्लो विकसित राजनीतिक घटनाक्रम र वैकल्पिक सरकार गठनका बिषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता नेपाल समुहका नेताहरूलाई बोलाएका छन् । यसबारे पनि छलफल नुने बताइएको छ ।
नेपाल समूहका २८ जना सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिएका थिएनन् ।
त्यसपछि सोमबार राति नेता नेपालले विगतका काम कारबाहीका कारण ओलीलाई कुनै पनि हिसावले विश्वासको मत दिन उपयुक्त नदेखिएकाले मत नदिएको प्रस्टीकरण दिएका थिए ।
राष्ट्र र जनताको हित, संवैधानिक मान्यता, राजनीतिक नैतिकता र लोकतन्त्रको मर्यादा लगायत कुनैपनि दृष्टिबाट विश्वासको मत दिन उचित नभएको उनको भनाइ छ ।