जुटे नेपाल समुहका सांसदहरू: सामुहिक राजीनामा बुझाएर बाहिर निस्कने तयारी
काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समुहका सांसदहरु सिंहदरवारमा भेला भएका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको अल्टिमेटम सकिएपछि उनीहरू राजीनामाको तयारीमा जुटेका हुन् ।
सांसदहरुको बैठकका लागि नेता नेपाल सिंहदरवार पुगिसकेका छन् । नेपाल समुहका सांसदहरूले केपी ओलीको दम्भका कारण पार्टी एकताका सम्पूर्ण प्रयास असफल भएको बताएका छन् ।
नेपाल समुहका सांसदहरुले एमाले सांसदको हैसियतमा आजको बैठक अन्तिम हुने बताएका छन् । पार्टी विभाजन नै हुने भएपछि समानुपातिक सांसदले पनि राजीनामा दिने तय भएको छ ।