नेपाल सफलता नजिक : सिंगापुरको अर्को विकेट पनि झर्यो - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

नेपाल सफलता नजिक : सिंगापुरको अर्को विकेट पनि झर्यो



नेपालले दिएको २८३ रनको लक्ष्य पछ्याएको सिंगापुरले १७ ओभरक खेल्दै २९ रन बनाएर ४ विकेट गुमाइसकेको छ।

नेपालका लागि कुशल मल्लले २ विकेट लिए भने थप २ विकेट पनि मल्लकै बलमा सिंगापुरका खेलाडी रन आउट भए।

पाँचौ ओभरको तेस्रो बलमा मल्लको बलमा आर्नभ चाबिरालाई राशिद खानले रन आउट गराए।  चाबिराले ११ बल खेल्दै २ रन जोडेका थिए।

यस्तै सातौ ओभरको पहिलो बलमा मल्लले अर्का सिंगापुरे खेलाडी अमन देशाईलाई विकेट किपर आसिफ शेखको हातबाट क्याच आउट गराए।

देशाईले २ बल खेल्दै १ रन जोडेर आउट भए।

यस्तै १३औं ओभरको चौथो बलमा मल्लले सिंगापुरका अर्का ओपनर साई भेन्यूगोपाललाई आउट गरे। उनी ४५ बल खेल्दै तीन चौकाको सहयोगमा १८  रन जोडेर कप्तान रोहित पौडेलको हातबाट समातिए।

यस्तै १७ औं ओभरको चौथो बलमा प्रमेश सिंगावि रन आउट भए। कुशलकै बलमा सागर ढकालले प्रवेशलाई रन आउट गराए। उनले २९ बल खेल्दै ७ रन बनाए।

शर्मा र भिनित मेहताले समान २/२ विकेट लिए।