नेपाल राष्ट्रिय  शिक्षक संगठन टिकापुर नगर कमिटी अध्यक्षमा जोशी - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

नेपाल राष्ट्रिय  शिक्षक संगठन टिकापुर नगर कमिटी अध्यक्षमा जोशी



उमेश थापा / कैलाली ।
नेपाल राष्ट्रिय  शिक्षक संगठन टिकापुर कमिटिमा शिक्षक तारा प्रसाद जोशी सर्बसहमत हुनुभएको छ।

शनिबार भएको दोर्सो टिकापुर नगर अधिबेशन बाट अध्यक्षमा शिक्षक तारा प्रसाद जोशीलाई सर्बसहमत गरिएको हो ।  उपाध्यक्षमा कल्पना खड्का (बिस्ट)
, सचीवमा चेतराज देवकोटा लगायत एघार सदस्यीय नगर कमिटि गठन गरिएको हो।

नेपाल राष्ट्रिय शिक्षक संगठन टिकापुर नगर कमिटी गठन पश्चात् शिक्षकका पेशागत लगाएतका बिषयमा कमिटिले स्थानिय सरकार संग सहकार्य गरि अगाडी बढ्ने अध्यक्ष जोशिले जानकारी दिनुभएको छ । अहिले देशमा विभिन्न प्रकारक दरबन्दी शिक्षक, निजिस्रोत शिक्षक , बालबिकास शिक्षक , लगायतका शिक्षक रहेकाले राज्यले यस्तो बिबेधकारि नीति अन्त्य  गर्नु पर्ने समेत अध्यक्ष जोशिले बताउनुभएको छ।