कतारसँग हार : नेपाल समूह चरणबाटै बाहिरियो - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

कतारसँग हार : नेपाल समूह चरणबाटै बाहिरियो



काठमाडौं – नेपाल एएफसी यू-२३ च्याम्पियनसिपको छनोट अन्तर्गत समूह ए को खेलमा कतारसँग ५-० ले पराजित भएको छ । यस हारसँगै नेपालको अन्तिम चरणमा छनोट हुने सम्भावना सकिएको छ ।

खेलको २४ अौं मिनेटमा कतारले अग्रता लिएको थियो। हसन पलाङलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । अब्दुल्ला अलहरकले पेनाल्टीमा गोल गर्दै कतारलाई अग्रता दिलाए । पहिलो हाफमा कतारले १-० को अग्रता लिएको थियो ।

दोस्रो हाफको ५३ औं मिनेटमा कप्तान अल रावीले गोल गर्दै कतारको अग्रता दोब्बर पारे । ६० औं मिनेटमा कतारी खेलाडीको प्रहार रोक्ने क्रममा दिनेश राजवंशीलाई लाग्दै गोल भएपछि कतार ३-० ले अगाडी बढेको थियो । कप्तान रावीले ७९ औं मिनेटमा फ्रिकिकमा सिधै गोल गर्दै अग्रता थप फराकिलो बनाए ।

इन्ज्युरी समयको दोस्रो मिनेटमा अब्दुल्ला अलहरकले मैदानको मध्यभागबाट गरेको प्रहार गोलरक्षक अर्पण कार्कीले फुस्काएपछि कतारले ५-० को जित पक्का गरेको थियो । यस जितसँगै कतारको दोस्रो चरणमा पुग्ने सम्भावना बलियो भएको छ । नेपाल भने समूह चरणबाट बाहिरिएको छ ।

नेपालले अब अन्तिम खेलमा अफगानिस्तानको सामना गर्नेछ । खेल मंगलबार हुनेछ ।