पत्रकार महासंघको निर्वाचनप्रति प्रेस युनियन केन्द्रको आपत्ति
वैशाख २० काठमाडौं
। नेपाल पत्रकार महासंघ काठमाडौं र भोजपुर शाखाको केन्द्रीय सभासद चयन गर्ने क्रममा भएका विवादास्पद कार्यप्रति नेपाल प्रेस युनियन केन्द्रिय कार्यलयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मंगलबार महासंघका महासचिव अजयबाबु शिवाकोटीले जारी गरेको विज्ञप्तीमा केन्द्रीय सभासद चयन गर्ने क्रममा कतिपय साथीहरु वैधानिक तवरबाट चयन भएपनि निर्वाचन समितिले तय गरेका सोहि मापदण्ड पुरा गरेर समर्थकहरुको हस्ताक्षर सहित आवेदन गरेका दर्जनौ पत्रकारहरुलाई हटाएर मनपर्दो ढंगबाट भएको सभासद चयनमा आफूहरुको असहमति रहेको जनाएका हुन् ।
काठमाडौं शाखाको केन्द्रीय सभासद दर्जनौ पत्रकारहरुलाई हटाएर मनपर्दो ढंगबाट भएको सभासद चयनमा हाम्रो असहमति छ।
कतिपय व्यवसायिक पत्रकारहरु सभासदमा मनोनयन भएर आएपनि अधिकांश व्यवसायिक पत्रकारहरुलाई केन्द्रिय सभासद हुने उनीहरुको अधिकारबाट वञ्चित गरि आवेदन नै नगरिएको प्रदेश सभासदमा लाने कार्यमा हाम्रो घोर आपत्ति छ ।
अमुक संगठनको छायाँमा चल्ने र उनीहरुकै निर्देशन पालना गरेको देखिने गरि भएका यस कार्य नसच्याएसम्म हामी यसलाई वैधता दिन सक्दैनौ ।
नेपाल पत्रकार महासंघ काठमाडौंमा भएको यस अनियमिततालाई नेपाल पत्रकार महासंघ नेतृत्वले विषयको गम्भिरतापूर्वक लिइ सच्याउन आग्रह गर्दछौं,विज्ञप्तीमा भनिएको छ ।
अन्यथा आउने दिनमा उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयं नेपाल पत्रकार महासंघ केन्द्रीय नेतृत्व हुने जानकारी गराउँछौं विज्ञप्तीमा उल्लेख छ ।
नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा प्रेस युनियन,प्रेस सेन्टर लगायत ६ संगठनले सोमबारदेखि तालाबन्दी गरिएका छन् ।
त्यसैगरि,महासंघको केन्द्रीय नेतृत्वले निरंकुश कदम चालेको भन्दै भोजपुरका तीन पत्रकार संगठन प्रेस युनियन, प्रेस सेन्टर र संघीय प्रेस फोरमले महासंघका ताला लगाएका हुन् ।
पत्रकार महासंघ भोजपुरको पाँचौं जिल्ला अधिबेशनमा विवाद भएपछि दुई समिति बनेका थिए ।
प्रेस चौतारीको एउटा समिति र अन्य तीन संगठनले अर्को समिति बनाएका थिए ।