माधव नेपालको प्रस्ताव: विवाद समाधान गर्न कार्यदल
काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले समस्या समाधानका लागि ओली समूह समक्ष नयाँ प्रस्ताव गरेका छन् ।
पार्टीमा विवाद बढेपछि दुई समूहबीच अप्रत्यासित वार्तामा नेता नेपालले लागि कार्यदल बनाएर अघि बढ्न सकिने प्रस्ताव गरेका छन् ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलमा उनले कार्यदल बनाएर अघि बढ्न सकिने प्रस्ताव राखे पनि सहमतिमा पुग्न नसकेको बताए ।
बैठकपछि बाहिरिनेक्रममा उनले सर्वोच्च अदालतको फैसलापछि संरचना र पदाधिकारीको हिसाबले साविककै अवस्थामा फर्कनुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले गएको फागुन २८ गते गरेको निर्णय वैधानिक नभएकाले त्यसलाई शून्यमा लैजानुपर्ने उनले बताएका थिए ।
“२८ गतेको बैठक वैधानिक छैन । त्यसलाई शून्य अवस्थामा लैजाऔँ । त्यसपछि सिंगो अवस्थामा बसेर छलफल गरौँ । कार्यदल पनि बनाउन सकिन्छ,” छलफलमा राखेको विषयबारे उनले सञ्चारकर्मीलाई जानकारी दिए ।