नेपाल प्रति मोदीको अविश्वास हो कि दादागिरी ? - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

नेपाल प्रति मोदीको अविश्वास हो कि दादागिरी ?



काठमाडौँ: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिमस्टेकको चौथो सम्मेलनका लागि बिहीबार बिहान काठमाडौँ ओर्लिए। उनी काठमाडौँ ओर्लिनुअघि नै उनको सुरक्षाका लागि भारतीय सुरक्षा फौजको विशेष टोली काठमाडौँ आइसकेको थियो  ।

सम्मेलनमा आएकामध्ये मोदीका लागि सरकारले पनि विशेष सुरक्षा व्यवस्था मिलाएको छ ।मोदी काठमाडौँ ओर्लिनुअघि नै काठमाडौँमा विशेष सुरक्षा व्यवस्था अपनाइएको थियो । मोदी सवार विशेष जहाज काठमाडौँमा अवतरण हुनुअघि त्रिभुवन विमानस्थलबाट हुने सबै उडान करिब एक घण्टा ठप्प बनाइएको थियो ।मोदीको सुरक्षाका लागि केही दिनदेखि भारतीय सेनाको विशेष टोली काठमाडौँमै तैनाथ थियो । उनको सुरक्षाका लागि भारतीय सुरक्षाकर्मीले पनि आवश्यक तयारी गरेका थिए ।

मोदीको सुरक्षाका लागि केही दिनअघि भारतीय सेनाको टोलीसँगै बुलेटप्रुफ गाडी पनि भारतबाटै ल्याइएको थिो । मोदी आउने भएपछि नेपाली सेनाले काठमाडौँको आकाशमा बिहानैबाट हवाई गस्ती गरेको थियो ।छिमेकी देशका भीभीआईपीको सुरक्षामा सरकारले विशेष सतर्कता अपनाएको हो ।

विदेशका भीभीआईपी पाहुनाको सुरक्षाको जिम्ममा नेपाली सेनाको कमाण्डमा राखिएको छ । नेपाली सेनाले सरकारबाट पाएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्न विशेष सुरक्षा सजगता अपनाइएको जनाएको छ । यसअघि बुधबार नेपाल आएका विदेशी भीभीआईपीको सुरक्षामा पनि सरकारले विशेष सतर्कता अपनाएको थियो ।यति हुदा हुदै पनि अन्य देशका भीभीआईपी पाहुनाका साथै मोदीलाई    पनि उच्च सुरक्षा दिन नेपाली सेना लागि परेको थियो ।तर भारतबाट सेना नै मगाउनु पर्ने स्थिति कहाँबाट आयो ?कि नेपाल प्रति मोदीको अविश्वास हो नत्र यो मोदीको दादागिरी नै हो ।