नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाको साधारण सभा सम्पन्न - Himal Post Himal Post
  • १३ फाल्गुन २०८१, मंगलवार
  •      Tue Feb 25 2025
Logo

नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाको साधारण सभा सम्पन्न



केशव पोखरेल / दक्षिण कोरिया

नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाको साधारण सभा एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा कोरियाका लागि नेपाली राजदूत अर्जुन जङ्ग बहादुर सिंह प्रमुख अतिथि र अनलाइन पत्रिका सेतोपाटी ग्लोबलका सम्पादक ज्योति देवकोटाको विशेष आथित्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै राजदूत सिंहले कोरियामा रहेका नेपालीहरूमाझ आइपर्ने समस्या का समाधान गर्न राजदूतावास सधैँ सक्रिय रहने धारणा राखेका थिए ।त्यस्तै राजदूतावासले गरेका सम्पूर्ण कार्यक्रमहरूको बारेमा जानकारी दिनको लागि दूतावासले सामाजिक सञ्जाल टुईटरको समेत सञ्चालन गरेको जानकारी गराए ।

त्यसै गरी प्रवासमा रहेर पत्रकारिता गरिरहेका तथा त्यस कार्यक्रमका विशेष अतिथि ज्योति देवकोटाले प्रवासी भूमिमा रहेर पत्रकारिता गर्दा आइपर्ने चुनौतीका बारेमा जानकारी गराएका थिए ।सोही कार्यक्रममा आफ्नो कोरिया बसाई सकेर नेपाल फर्किन लागेका पत्रकार महासङ्घ कोरिया शाखाका सह सचिव किशन गौतम र सदस्य नेत्र नारायण पौडेललाई सम्मान एवं बिदाइ कार्यक्रम समेत गरिएको थियो ।

कार्यक्रम महासङ्घका अध्यक्ष खेमबहादुर कार्कीको सभापतित्व एवं किशन गौतमको संचालनंमा सम्पन्न भएको थियो ।