नेपाल १९ रनले पराजित - Himal Post Himal Post
  • १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
Logo

नेपाल १९ रनले पराजित



युरोप भ्रमणमा रहेको नेपालको राष्ट्रिय क्रिकेट टिम इङ्ल्याण्डको स्थानीय क्लब सेन्ट क्रससंग भएको दोस्रो अभ्यास खेलमा १९ रनले पराजित भएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको सेन्ट क्रसले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो । जिम्मी एडम्सको ७२ रनको मदतले घरेलु टोलीले सो स्कोर खडा गरेको हो । सुरुवाती दुई ब्याट्सम्यानलाई सस्तैमा गुमाएपनि एडम्सले तेस्रो विकेटकालागि फिलिक्स अर्गानसंग मिलेर ८२ रनको साझेदारी गरेका थिए ।

नेपालका बसन्त रेग्मी र सोमपाल कामीले समान २÷२ विकेट लिएका थिए । सन्दिप लामिछानेको नाममा एक विकेट रह्यो ।
१ सय ६९ रनको लक्ष्य पछ्याएको नेपालले ८ विकेटको क्षतिमा १ सय ४९ रन मात्र बनाउन सक्यो । नियमित कप्तान पारस खड्का बिना मैदान उत्रिएको नेपाली टिमको नेतृत्व ज्ञानेन्द्र मल्लले गरेका थिए ।

अनिल कुमार शाहले ५६ रन जोड्नु बाहेक अरु खेलाडीको प्रर्दशन फितलो रह्यो । आरिफ शेखले ३४ रन बनाउँदा सोमपाल कामी १६ रनमा अविजीत रहे ।

इंङ्ल्याण्डको लर्डस हुने त्रिकोणात्मक ट्वान्टी २० सिरिज र नेदरल्याण्डसंगको एक दिवसीय क्रिकेट सिरिजको तयारीकालागि युरोप भ्रमणमा रहेको नेपालले स्थानीय क्लबसंग अभ्यास खेल खेलिरहेको छ ।

यसअघि शनिबार भएको पहिलो अभ्यास खेलमा नेपालले ह्यामसायर होग्सलाई २४३ रनले हराएको थियो । नेपालको जितमा कप्तान पारस खड्काले १६१ रनको शतकीय पारी खेलेका थिए ।

यस्तै नेपालले जुलाई २५ मा इष्ट लन्डन ११ विरुद्ध ५० ओभरको खेल खेल्नेछ । त्यसपछि नेपालले अन्तिम अभ्यास खेलमा इष्ट लन्डन शार्कसंग जुलाई २६ मा टी–ट्वान्टी खेल खेल्नेछ ।