१ विकेटले नेपाल पराजित - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

१ विकेटले नेपाल पराजित



एजेन्सी – भारत भ्रमणमा रहेको नेपाली यू१९ क्रिकेट टोली छैटौं अभ्यास खेलमा आन्द्र स्टेट यू१९ क्रिकेट टिमसँग १ विकेटले पराजित भएको छ ।

नेपालले प्रस्तुत गरेको २ सय ५२ रनको लक्ष्य पछ्याएको स्टेटले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै पुरा गर्यो । स्टेटको जितमा नितेश कुमारले १ सय ८ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ७४ रनको विजयी पाली खेले । स्टेटका अन्य जोनी बशा ३२,पि सुब्रमनियम २९,राम प्रसाद २७, बी कुमार ३२,एसएमडी कामिलले २२ रन बटुले । नेपालका लागि पवन सरार्फले ३,प्रतिस जिसीले २,राशिद खान,सर्य तामाङ्ग र आकाश चन्दले समान एक विकेट लिए ।

त्यस अघि नेपाली यू१९ ले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ५१ रन बनाएको थियो । नेपालका लागि राष्ट्रिय टिमबाट खेली सकेका सन्दीप जोराले ६७ बलमा ३ छक्का र ४ चौका प्रहार गर्दै ६९ रनको महत्वपूर्ण योगदान दिएपनि टोलीको झिनो हार टार्न सकेनन् । त्यस्तै राशिद खानले ४४ बलमा २ छक्का र ३ चौका प्रहार गर्दै ४४ रन जोडे । हरि वहादुर चौहान ३५, शेर मल्ल १७, अभिषेक बस्नते ३५,रित गौतम २२,कप्तान रोहित कुमार पौडेल र पवन सरार्फ डक आउट भए ।

स्टेटका लागि आई स्माइलले ४,जोनी बशा २,एसएमडी कामिल,जे दुर्गा कुमार र एम भैरवले समान एक विकेट हात पारे । यस अघका पाँच अभ्यास खेलमा नेपाल ४ मा विजयी हुँदा १ मा पराजित भएको थियो । आगमी अप्रिल १२ देखी १८ सम्म मलेसियामा हुने यू१९ विश्वकप छनोट अघि अन्तिम तयारीको लागि नेपालले स्टेटसँग अभ्यास खेल खेलेको हो ।