नेपालको जित्ने सपना चकनाचुर, फेरि भारतसँग पराजित - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

नेपालको जित्ने सपना चकनाचुर, फेरि भारतसँग पराजित



काठमाडौं । महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल पराजित भएको छ । शुक्रबार नेपाल भारतसँग ३–१ गोलले पराजित भएको हो ।

विराटनगरस्थित शहिद रंगशालामा दिउँसो ३ बजेदेखि सुरु भएको खेलमा भारतका लागि पहिलो गोल डालिमा चिभरले २६ औं मिनेटमा गरिन् ।

त्यस्तै सुरुमा भारतलाई दबाबमा राखेको नेपालले ३३ औं मिनेटमा बराबरी बनायो । नेपालका लागि सावित्री भण्डारीले गोल गरेकी थिइन् ।

यस्तै पहिलो हाफ एक÷एक को बराबरीमा सकिएपनि दोस्रो हाफको १३ औं मिनेटमा भारतले अर्को गोल थप्यो । भारतका लागि ग्रासि डेग्मीले दोस्रो गोल गरेकी हुन् ।

त्यसपछि खेलमा फर्कने प्रयासमा रहेको नेपाललाई ७८ औं मिनेटमा अर्को धक्का लाग्यो । भारतका लागि ७८ औं मिनेटमा अञ्जु तामाङले तेस्रो गोल गरेकी हुन् ।

चौथोँ पटक फाइनलमा स्थान बनाएको नेपालको यस पटक पनि उपाधि जित्ने सपना चकनाचुर भयो । यसअघिका संस्करणमा पनि नेपाल फाइनलमा भारतसँग हार्दै आएको थियो ।