नेपाल अब ल्यान्ड लिंक मात्र होइन वाटर लिंक पनि हुनेछ:मोदी - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

नेपाल अब ल्यान्ड लिंक मात्र होइन वाटर लिंक पनि हुनेछ:मोदी



नयाँ दिल्ली ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा तीन दिने भारत भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डललाई भारतमा स्वागत गर्न पाउँदा आफू खुशी रहेको बताएका छन् । मोदीले नेपालीमै संक्षिप्त सम्बोधन गरेका हुन् ।

नेपाल र भारतका प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलन सुरु भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्तापछि दुई देशबीच भएको समझदारी र महत्वपूर्ण सरकारी घोषणाका लागि संयुक्त पत्रकार सम्मेलन गरिएको हो ।

संयुक्त पत्रकार सम्मेलनअघि दुई देशका प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अब समुद्रसम्मको पहुँच सहज हुने बताएका छन्।

संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मोदीले आज भएको औपचारिक भेटमा कोशी नदी हुँदै समुद्रसम्म सामान ओसारपसार गर्ने विषयमा सहमति भएको उल्लेख गरे। ‘सगरमाथाको देश अब सागरससम्म पनि पहुँच हुनेछ,’ मोदीले भने ‘नेपाल अब ल्यान्ड लिंक मात्र होइन वाटर लिंक पनि हुनेछ।’

मोदीले काठमाडौंलाई भारतसँग जोड्ने रेलमार्गका विषयमा दुबै देशले मिलेर काम अघि बढाउने सहमति भएको बताए।

तीन तहका निर्वाचन सम्पन्न हुनु नेपालका लागि ठूलो उपलब्धी भएको उल्लेख गर्दै यसका लागि नेपाली जनता र सरकारलाई अभिनन्दन गर्न चाहेको बताए।

‘नेपाल नयाँ युगमा प्रवेश गरेको छ, प्रधानमन्त्री ओलीजी सम्वृद्ध नेपाल र खुसी नेपालीको सपना साकार पार्न आर्थिक विकास गर्ने अभियानमा हुनुहुन्छ। यो अभियानमा भारत कसरी सहभागी हुन सक्छ भन्नेबारे हामीले छलफल गर्यौं’ मोदीले भने।