माधव नेपाल समूहको पार्टीको नाम र चुनाव चिन्ह 'फाइनल' - Himal Post Himal Post
  • ९ फाल्गुन २०८१, शुक्रबार
  •      Fri Feb 21 2025
Logo

माधव नेपाल समूहको पार्टीको नाम र चुनाव चिन्ह ‘फाइनल’



काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टीको नाम र चुनाव चिन्ह समेत टुंगो लगाएको छ । पार्टीको नाम, चुनाव चिह्नलगायतका विषय टुंगो लगाइसकेको र अध्यादेश जारी हुने समय कुरेको बताइएको छ ।

विभिन्न विकल्पमा छलफल भैरहेको तर नाम करिव तयार नै भएको बताइएको छ । माधव समुहले निर्वाचन आयोगले एउटा नाममा सहमति नदिए अन्य वैकल्पिक नाम समेत तयार गरेको छ । एक नेताका अनुसार पार्टीको नेकपा एमाले (समाजवादी) राख्ने तय गरेको बताएका छन् ।

वैकल्पिक नामहरूमा नेकपा एमाले (समाजवादी), नेकपा एमाले (क्रान्तिकारी), नेकपा समाजवादी, नेकपा एमाले (जनवादी), नेकपा (एकीकृत) लगायतका नाममा छलफल भएको बताइएको छ ।

चुनाव चिह्न भने सूर्य मै दाबी गर्ने नेपाल समुहको तयारी छ । एक नेताका अनुसार ओली समुहले सुर्यमा हसिया हथौडा राखेकाले आफूहरूले सुर्य चिन्ह माग्ने तयारी गरेको बताए । यदि त्यस्तो चिन्ह नपाएको खण्डमा जस्तो अवस्थाको पनि सुर्य हुने बताइएको छ।