माधव नेपाल समूह सरकारमा नजाने: गठबन्धनलाई जानकारी - Himal Post Himal Post
  • १३ पुष २०८१, शनिबार
  •      Sat Dec 28 2024
Logo

माधव नेपाल समूह सरकारमा नजाने: गठबन्धनलाई जानकारी



काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्ष सरकारमा नजाने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा भएको सत्ता गठबन्धनको बैठकमा नेपाल समुहले यस्तो जानकारी गराएको हो ।

बुधबार बिहान बालुवाटारमा बोलाइएको गठबन्धनको बैठकमा माधव नेपाल समुहको प्रतिनिधित्व गर्दै डा. विजय पौडेल सहभागी भएका थिए । उक्त बैठकमा आफूहरु सरकारमा नजाने पौडेलले जानकारी गराएका थिए ।

बैठकमा प्रधानमन्त्री देउवाले मन्त्री बन्नेहरूको नाम छिट्टै दिन आग्रह गरेका थिए । पौडेलले बैठकमा तत्काल सरकारमा आउने सम्भावना नभएको बताएका थिए ।

पार्टी एकताकै लागि प्रयासका लागि पनि आफूहरू तत्काल सरकारमा सहभागी नहुने उनले बैठकमा जानकारी गराएका थिए ।