बिरामीको मृत्यु भएपछि नेपाल मेडिकल कलेजमा तोडफोड
काठमाडौं– उपचारमा लापारबाही भएको भन्दै बिरामीका आफन्तहरुले काठमाडौंको जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा तोडफोड गरेका छन् ।
बुधबार अस्पतालमा भर्ना भएका बिरामीको आइसियुमा उपचारको क्रममा मृत्यु भएको थियो ।
बिरामीको मृत्यु पछि आक्रोशित भनेका बिरामीका आफन्तले अस्पताल तोडफोड गरेपछि त्यहाँको स्थिति तनावग्रस्त बनेको छ ।