नेपालमै पहिलो पटक सर्प दशको औषध उत्पादन हुने
ओम प्रकाश बानियाँ / बराहक्षेत्र नगरपालिका-५
बराहक्षेत्र नगरपालिका वाड न. ७ स्थित एन्टी स्नेक भेनम सेरम रिसर्च एन्ड म्यानुफ्याकचरिङ प्रा. लि. ले नेपाल मै पहिलो पटक सर्प दशको औषधी उत्पादन गर्ने उधोग स्थापना गर्ने भएको छ ।
प्रदेश न. १ का मुख्यमन्त्री शेरधन राईले उक्त उधोगको भवनको शिलान्यास गरेका छन् । लक्ष्मी प्रसाद फुयाँलको सभापतित्वमा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथिमा प्रदेश न. १ मा मुख्यमन्त्री शेरधन राई, विशेष अतिथि र अतिथिहरूमा प्रदेश न. १ का पर्यटन तथा वन मन्त्री जगदीश कुश्यत, प्रदेश सासदहरु लिलम बस्नेत, टक आङदाङ्बे, बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनाल लगायत समाजसेवी, बुद्धिजीवीहरूको बाक्लो उपस्तिथि रहेको थियो ।
उक्त कार्यलाई मुख्यमन्त्री राईले कानुनी जटिलता, कर, बजार व्यवस्थापन तथा मूल्यको कुरा, आर्थिक साझेदारीको कुरामा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए । राईले प्रदेश न. १ लाई देश कै नमुना प्रदेश बनाउने लक्ष्यलाई उक्त कुराले थप टेवा पुर्याउने विश्वास व्यक्त गरे ।
सो कार्यक्रममा सर्प प्रदर्शन तथा सर्प पनि हाम्रो वातावरणको महत्त्वपूर्ण हिस्सा रहेको र यसले घामको खराब किरण हरूलाई सोच्ने हुँदा हाम्रो वातावरणलाई स्वच्छ बनाउने हुँदा सर्पलाई संरक्षण गर्नु पर्ने कुरा अध्यक्षले लक्ष्मी प्रसाद फुयाँलले बताए ।
सो कार्यक्रम आदर्श उच्च मा. वि. बराहक्षेत्र २ का प्रधानध्यापक प्रलाहद भट्टराई (पहरेदार) ले सञ्चालन गरेका थिए ।