नेपालमा लगाइएको कर संसारमै सस्तो हो :प्रधानमन्त्री ओली - Himal Post Himal Post
  • ११ बैशाख २०८२, बिहीबार
  •      Thu Apr 24 2025
Logo

नेपालमा लगाइएको कर संसारमै सस्तो हो :प्रधानमन्त्री ओली



मोरङ  । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहलाई कर लगाउने अधिकार भए पनि जनताले धान्न सक्ने गरी कर लगाउनुपर्नेमा जोड दिनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नेपालमा लगाइएको कर संसारमै सस्तो भएकोे बताउनुभयो ।

उहाँले राजश्व र करका विषयमा अपव्याख्या गरेर जनतालाई भ्रम फैलाउन नहुने बताउँदै जे कुरा गर्दा पनि विरोध गर्ने प्रवृत्ति त्याग्नुपर्नेमा जोड दिनुभयो ।