नेपालले हात पार्‍यो स्वर्ण सहित तीन पदक - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

नेपालले हात पार्‍यो स्वर्ण सहित तीन पदक



ईण्डोनेशियामा आयोजना भईरहेको १८ औं एशियन खेलकुदमा नेपाल पदकविहिन भईरहेको अवस्थामा नेपाली क्योकुसिनले बैंककमा नेपालका लागि तीन पदक हात पार्न सफल भएको छ।

अन्तराष्ट्रिय क्योकुशिनकान कराते थाईल्याण्डको आयोजनामा थाईल्याण्ड स्पोर्टस अथोरिटी राजा महाङ्गला राष्ट्रिय रङ्गशालाको कभर्ड हलमा भएको “दोश्रो फुल कन्ट्याक्ट कराते प्रतियोगिता”मा नेपालले स्वर्ण सहित तीन पदक हात पारेको हो।

क्योकुसिन खेलाडी बिनय सिंहले कुमुते तर्फ खुल्ला तौलमा जापानका मोराहिरो होसखावालाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन्।

यस्तै जुनियर ३५ केजी तौलमा दिपेन सापकोटा फाईनलमा थाईल्याण्डका पा हुरुरु तान संग पराजित हुँदै रजतमा खुम्चिए भने सिनियर तर्फ कबिराज मालीे सेमिफाईनलमा चाईनाका ह्वाङ्गसिङ्गसंग पराजित हुँदै कास्य पदक प्राप्त गर्न सफल भए।

भाद्र ३ र ४ गते भएको प्रतियोगितामा प्रतिस्पर्धा गर्न नेपाली टोली ब्यवस्थापक रमेश तामाङ्गको नेतृत्वमा शनिबार बैंकक प्रस्थान गरेको थियो। टोली प्रशिक्षकमा सदन लामा रहेका थिए।