नेपाल कुवेतसँग यसरी भयो पराजित ! - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

नेपाल कुवेतसँग यसरी भयो पराजित !



काठमाडौं : पहिलो हाफमा पेनाल्टीमा गोल खाँदा नेपाल कुवेतसँगको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा पराजित भएको छ।

सोमवार कुवेतको घरेलु मैदानमा नेपाल १-० ले पराजित भएको हो। पहिलो खेलमा नेपालले कुवेतसँग गोलरहित बराबरी खेलेको थियो।

घरेलु टोलीलाई जित दिलाउन २९औँ मिनेटमा युसुफ नासेरले पेनाल्टीमा गरेको गोल नै निर्णायक बन्यो।

योहान कलिन नयाँ प्रशिक्षक नियुकत भएपछि नेपालले कुवेतसँग मैत्रीपूर्ण खेल खेको हो। कलिनको प्रशिक्षणमा दुई खेल खेल्दा नेपालले एकमा बराबरी र एकमा हारको नतिजा निकालेको हो।

कलिनले पहिलो खेलमा पाँच खेलाडीलाई डेब्यु गराएका थिए।

दोस्रो खेलमा उनले फरवार्ड आशिष लामालाई पहिलो रोजाईमा खेलाउदै डेब्यु गराए। नियमित फरवार्डद्वय नवयुग श्रेष्ठ र भरत खवासले स्थानमा कलिनले आशिग र विमल रानालाई पहिलो रोजाईमा खेलाएका थिए।

दोस्रो हाफमा भरत र नवयुग मैदान प्रवेश गरेपनि नेपालले गोल फर्काउन भने सकेन।

राष्ट्रिय टिममा रहेका युवा खेलाडीहरु विमल घर्ती मगर, अन्जन विष्ट, अनन्त तामाङ, सुमन अर्याल, सुनिल बल जस्ता खेलाडीहरु कतारमा भइरहेको एएफसी यू-२३ च्याम्पियनसिप क्वालिफायर खेल्न गएका कारण कलिनले यस पटक नयाँ खेलाडीहरुलाई कुवेत विरुद्धको खेलका लागि मौका दिएका हुन्।