२०७५ साउन ४, शुक्रबार

नेपालको सिमानामा भारतीय विस्तारवादले बनाएका बाँध र तटबन्ध भत्काउनुपर्ने

January 12, 2018
113 Views
Spread the love

भक्तपुर, रासस । नेपाल मजदुर किसान पार्टीको २८औँ केन्द्रीय परिषद् विभिन्न प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ ।

पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेको अध्यक्षतामा यही पुस २५, २६ र २७ गते भक्तपुरमा सम्पन्न भएको परिषद्ले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रस्ताव पारित गर्दै सम्पन्न भएको पार्टीले जानकारी दिएको छ ।

परिषद्ले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्ने, भूकम्पपीडितको पुनःस्थापना नगर्ने, नेपालको नदीनाला भारतीय एकाधिकार पूँजीलाई दिने, वर्षेनी आउने शीतलहरको पूर्वसावधानी नअपनाउने सरकारको विरोध गर्ने प्रस्ताव पारित गरेको नेमकिपाले जानकारी दिएको छ । त्यस्तै नेपालको सिमानामा भारतीय विस्तारवादले बनाएका बाँध र तटबन्ध भत्काउनुपर्नेमा राष्ट्रिय प्रस्ताव पारित गरेको छ ।

त्यस्तै अन्तर्राष्ट्रिय प्रस्तावतर्फ इरानको आन्तरिक मामिलामा अमेरिकी साम्राज्यवादको हस्तक्षेप, क्युवा र प्रजग कोरियाविरूद्ध अमेरिकाले लगाउँदै आएको नाकाबन्दी, संयुक्त राष्ट्रसंघको निर्णय विपरीत अमेरिकी साम्राज्यवादले इजरायलको राजधानी जेरूसेलम घोषणा गरेकामा विरोध गरिएको छ ।

परिषद्ले पार्टीको ४४औँ स्थापना दिवस माघ १० गतेलाई पार्टीको इतिहास, गतिविधि, प्रकाशन अध्ययन गरी छलफल र गोष्ठीसहित मनाउने निर्णय गरेको छ । त्यस्तै कार्ल माक्र्सको द्विशतवार्षिकी सन् २०१८ मई ५ को अवसरमा वर्षभरि नै युरोपको इतिहास र भूगोल, माक्र्स र एंगेल्सको जीवनी, कम्युनिष्ट घोषणापत्र, पूँजीलगायत अन्य माक्र्सवादी साहित्य अध्ययन तथा प्रकाशन गरी छलफल गोष्ठीसहित मनाउने निर्णय गरेको छ ।

परिषद्ले मोहनप्रसाद प्रजापति र राजवीर डंगोललाई पार्टी केन्द्रीय सदस्यमा मनोनीत गरेको, छ भने सुरेन्द्रराज गोसाईं, सिर्जना सायजू र राजेन्द्र चवाललाई वैकल्पिक केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । परिषद्ले पार्टी सचिव प्रेम सुवालले प्रस्तुत गरेको केन्द्रीय समितिको प्रतिवेदन सुझावसहित पारित गरेको नेमकिपाले जानकारी दिएको छ ।

केन्द्रीय समितिको प्रतिवेदनमा पार्टी गतिविधि, संसद्मा नेमकिपाको संघर्ष, तीन प्रतिशतको मतसीमाविरूद्ध सर्वोच्चमा रिट, सभामुखको निरङ्कुशताविरूद्ध संसद्मा नारा, प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य चुनावको क्रान्तिकारी उपयोग, पूँजीवादी पार्टीबाट निर्वाचन आचारसंहिता उल्लङ्घन, राष्ट्रियसभाको निर्वाचन लगायतबारेमा उल्लेख गर्दै चर्चा गरिएको थियो ।

परिषद्मा पार्टी केन्द्रीय सदस्यहरू, पार्टी जिल्ला समिति, जनवर्गीय संगठन र पेशागत संगठनको केन्द्रीय प्रतिवेदन पेश गरिएको थियो । परिषद्मा अध्यक्ष बिजुक्छेले पूँजीवादी व्यवस्थामा देश र जनता हित नहुने भएकाले माक्र्सवाद–लेनिनवादको उदय भएको दाबी गर्दै गर्दै नयाँ पुस्तालाई माक्र्सवाद–लेनिनवादबाट शिक्षित बनाउनुपर्ने बताए ।

उनले पटकपटक सरकारको नेतृत्व गरेका तर देश र जनताको लागि केही नगर्ने पार्टीहरूले नै चुनावमा आचारसंहिता उल्लङ्घन गरेको टिप्पणी गर्दै जनताले दिएको मत खेर गएको जिकिर गरे ।

Facebook Comments

You may be interested

इतिहासकै कालो दिन डा. केसीको जुम्लाबाट राजकीय अपहरण।
विचार/लेख
0 shares168 views
विचार/लेख
0 shares168 views

इतिहासकै कालो दिन डा. केसीको जुम्लाबाट राजकीय अपहरण।

himal post - २०७५, ४ श्रावण १०:४२

कर्ण अधिकारी। सायद दुई तिहाइको दम्भ भएर होला आजकल कम्युनिस्ट सरकारले के गर्न हुन्छ के गर्न हुँदैन भन्ने ख्याल गर्न…

मनोमानी तरिकाले विद्यालय समायोजन र तह घटाउने निर्णय गरेको भन्दै काँग्रेसले बुझायो ज्ञापन पत्र
समाचार
0 shares107 views
समाचार
0 shares107 views

मनोमानी तरिकाले विद्यालय समायोजन र तह घटाउने निर्णय गरेको भन्दै काँग्रेसले बुझायो ज्ञापन पत्र

himal post - २०७५, ४ श्रावण १०:३०

विशाल पाण्डेय / सुखड ,कैलाली । घोडाघोडी नगरपालिकाले मनोमानी तरिकाले विद्यालय समायोजन तथा तह घटनाउँने निर्णय गरेको भन्दै नेपाली काँग्रेस…

एकतापछि प्रचण्ड झन बलिया
राजनीति
0 shares609 views
राजनीति
0 shares609 views

एकतापछि प्रचण्ड झन बलिया

himal post - २०७५, ४ श्रावण ०८:३०

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य दिनप्रतिदिन बिग्रँदै छ । कडा बोली र शक्तिमा रहेकाले मात्र उहाँका गाला पोटिला देखिएका…