नेपालकाे सानदार जित, नामिबिया एक विकेटले पराजित - Himal Post Himal Post
  • १२ माघ २०८२, आईतवार
  •      Sun Jan 25 2026
Logo

नेपालकाे सानदार जित, नामिबिया एक विकेटले पराजित



काठमाडौं-आईसिसी वल्ड क्रिकेट लिग डिभिजन दुईअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले घरेलु टाेली नामिबियालाइ एक विकेटले हराएकाे छ।

एक सय ३९ रनकाे लक्ष नेपालले ४९ अाेभर २ बलमा नाै विकेट गुमाएर पुरा गर्‍याे। बसन्त रेग्मीले अविजित २४ रन बनाए।

साेमपाल कामीले १३ रन जाेडे।

नेपालका शरद भेषावकर २९, पारस खड्का १९ ,राेहित पाैडेल १७ र ज्ञानेन्द्र मल्ल १५ रन बनाएर अाउट भए।

दिलिप नाथ र अारिफ शेखले खाता खाेल्न सकेनन्।

दीपेन्द्र एेरीले ६ रन बनाए। रन नजाेड्दै पहिलाे विकेट गुमाएकाे नेपालले ५६ रन जाेड्दा ट विकेट गुमाइसकेकाे थियाे।

शरद र राेहित पाैडेलबीच साताै विकेटका लागि ३७ रनकाे साझेदारी भएकाे थियाे। नामिबियाका बलर बर्नाड स्काेल्ट्जले नाै अाेभरमा तीन मेडन राखेर ११ रन खर्चदै चार विकेट लिए। कप्तान सान बर्गरले १० अाेभरमा तीन मेडन राखेर केवल १५ रन खर्चिए।

संकटमा

टस हारेपछि पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले ३४.२ अाेभरमा सबै विकेट गुमाएर एक सय ३८ रनमा समेटिएकाे थियाे।

नामिबियालाई सस्तोमा समेट्न स्पिनर सन्दिप लामिछानेले चार तथा साेमपाल कामीले तीन विकेट लिए। शरद भेषावकर, बसन्त रेग्मी र पारस खड्काले एक एक विकेट हात पारे।

नामिबियाका क्रेग कोलिन्स ४१ तथा जेन ग्रिन र जान फ्रिलिन्कले २२/२२ रन बनाए। स्टेफान बार्ड र जेजे स्मिथले १८/१८ रन बनाए।

सन्दिपले ८.२ अाेभरमा दुई मेडन राखेर १८ रन खर्चिए। सोमपालले सात ओभरमा एक मेडन राखेर ३५ रन दिए।

पारसले चार ओभरमा दुई मेडन राखेर १६ रन दिए। प्रतियाेगिताअन्तर्गत अाफ्नाे दाेस्राे खेलमा नेपालले शुक्रबार अाेमानसँग खेल्दै छ।

६ टाेली सहभागी यस प्रतियाेगिता राउन्ड राेबिन अाधारमा सन्चालन हुन्छ। शीर्ष दुइ टाेली एकदिवशिय विश्वकपकाे विश्वस्तरकाे छनाेटमा पुग्ने छन्।देश संचारबाट