नेपालको अस्तित्व बचाउन राजसंस्था हिन्दु धर्मको आवस्यक छ ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

नेपालको अस्तित्व बचाउन राजसंस्था हिन्दु धर्मको आवस्यक छ !



-दीर्घराज प्रसाई

नेपाल हिन्दु र बौद्धको आधिकारिक थलो हो । विश्वमा १ अर्ब हिन्द र २ अर्ब बुद्धिष्ठ छन् । प्रतिष्ठा र पर्यटकीय हिसाबले नेपाललाई हिन्दु र बौद्धहरुको आस्थाको केन्द्र स्थल बनाउन सकिन्छ । विश्वका धर्महरुमा हिन्दु धर्म अत्यन्त उदार धर्मको रुपमा मानिन्छ । जर्मनका विद्वान भोल्टेयरले भनेका थिए–‘हिन्दुशास्त्र पश्चिमी जगतको लागि पूर्वीय जगतको सबैभन्दा उपहार हो ।’

वेलायतका विद्वान जर्ज वर्नाड साले भनेका थिए– ‘हिन्दुधर्म संसारको सर्वाधिक र उदार धर्म बन्न गएको छ ।’ हिन्दुत्व कति पुरानो रहेछ भन्ने कुराको प्रमाण २५०० बर्ष अगाडि इरानको फारसीपोलिस नगरमा ईशा भन्दा ४८६ बर्ष पुरानो दारा हस्तास्पको स्मारकको शिला लेखमा ‘हिन्दु’ र हिन्दुस दुबै उल्लेख छ भन्ने कुरा ‘इनसाइक्लोपिडिया अफ रिलिजन्स एण्ड एथिक्स’ मा उल्लेख छ । इरान देशको फार्सी साम्प्रदायको प्राचीन ग्रन्थ ‘शातीर’मा ब्यास ऋषिको वाक्यलाई उ्धृत गरेको–“म हिन्दु देशमा जन्मिएको सच्चा हिन्दु हँु” भन्ने कुरा उल्लेख छ । मनुले विध्य र हिमालको वीचको भागलाई आर्यवर्त मान्नुको साथै प्रयागदेखि सिधा उत्तर हिमालयसम्मको भागलाई ब्रम्हर्षि देशमा गणना गरेका छन् ।

हिन्दु धर्म भन्दा धेरै पछि जन्मिएका धर्महरु मुस्लिम, क्रिस्चियन्हरुले विश्वका अनेकौं राष्ट्रलाई धर्म सापेक्ष राष्ट्र घोषित गर्ने अनि नेपालले चाहीं धर्म निरपेक्ष हुनुपर्ने ? यो कस्तो न्याय हो ?

क्रिश्चियन्हरुले–‘क्रस’,यहुदीहरुले–‘षडकोण’, मुसलमानहरुले–‘काबा’ को अस्तित्व त्याग्न तयार हुन सक्नु पर्दछ । साउदी अरबमा शिवजी वा अन्य हिन्दु देवता–देवीको फोटा लान बर्जित छ । पाकिस्तानमा हिन्दुले मुसमानलाई भोट हाल्न पाउँदैन । घोडाको टापको औठी लगाउनु मुसलमान राष्ट्रमा खतरा मोल्नु हो । त, भन्नुहोस्– क्रिश्चियन्, यहुदी र मुसलमानहरु आ–आफ्नो धर्मका अडानहरुलाई कुनै तल माथि हुन नदिने अनि हामी नेपालीहरुले चाहीं आफ्नो अस्तित्व समाप्त पारेर बस्नु पर्ने ? कसैले पनि आफ्नो संस्कार र धर्मलाई तिलाञ्जली दिन सकिदैन ।

कुनै कुनै उपमाहरुलाई छोडेर जस्तोसुकै नास्तिक हुँ भन्ने नेपाली हिन्दु र बोद्धहरु पनि जन्मेदेखि मृत्यूसम्म कुनै न कुनै प्रकारले आफ्नै संस्कारमा आवद्ध भएका हुन्छन् । विश्वको सातौं आश्चर्य मध्ये चीनको विशाल पर्खालको पश्चिमी द्वारमा चौध फुट लामो संस्कृत मन्त्र रहेको र यो मन्त्रलाई मङ्गोल सम्राट कुब्ला खाँले चौधौं शताब्धीमा ‘ॐ नमोभगवते ..’ आदि लेखिएको छ, (पुरुषोत्तम धिमिरे) । चीनको ग्रेटवालको ढोकाहरुमा महाभारतका श्लोकहरु ंसंस्कृत भाषामा कलापूर्ण अक्षरमा लेखिएका छन्, (स्वामी प्रपन्नाचार्य) ।

अतः नेपालमा धर्म निरपेक्षताको मत्लव हो–युद्ध निम्त्याउनु । नेपालमा राई, लिम्बु, मगर, गुरुङ, नेवार, ब्रामण, क्षेत्री, कामी दमाईं, सार्की, मैथिली, भोजपुरी, अवघि जो जति छौं हामी सबै हिन्दु हौं । हामीहरु मध्येका कतिपय वौद्ध पनि छौं, जसमा शेर्पा, तामांग र केही नेवार वौद्ध धर्म प्रति आवद्ध भएता पनि यो यहींको पशुपतिनाथ र स्वयम्भूनाथ भित्रकै उपज हो । यसरी दुई तिहाई जनमत भन्दा बढी जनताको समर्थन भएको मान्यताको विरुद्धमा थिचोमिचो गरेर हिड्नु कसैलार्इृ पनि अधिकार हुँदैन ।

हिन्दु धर्म यति व्यापक र उदार छ कि मूर्ति पूजा गर्ने–नगर्ने, साकारी,मासाहारी, जनै लाउने नलाउने आ–आफ्नो इच्छा अनुसार हिड्न सक्ने कुराहरुमा हरेक हिन्दुहरु स्वतन्त्र हुन्छन् । विश्वभरीका धर्महरुमा यो अत्यन्त उदार र प्रजातान्त्रिक धर्म मानिन्छ । दलाई लामा भनेका छन् –‘म हिन्दु र वौद्धलाई दाज्यूभाई मान्छु । यी दुबै धर्मका वीच समाधि,योग र तन्त्रजस्ता कुराहरुमा समानता छ जुन बौद्धहरुले हिन्दुबाट लिएका हुन् ।’ भूटानका राजा जिग्मे सिङ्गे बाङचुकले पनि भनेका छन्–‘हाम्रो इष्ट देवता महाकाली हुन् र हामी शिव र बिष्णुको पनि पूजा गछौं । म सक्रियताकासाथ दशैंमा भाग लिन्छु ।’

विश्व सभ्यताको विकास क्रममा हिन्दु तथा बौद्ध दर्शन अत्यन्त उदार, सरल, सहिष्णु भएकाले विश्वब्यापी हुनसकेको हो । यसक्षेत्रको सिङ्गो परम्परा, पहिचान र सभ्यताको अस्तित्वनैं समाप्त पार्न खोजेर दलका केही नेताहरु, केही क्रिस्चियन् समर्थक अगुवाहरुबाट कृत्रिम तर्कहरु थोपारेर विश्वले मानेको वैदिक–हिन्दु अस्मिता र बौद्ध परम्परामा चोट पु¥याएर धर्मनिरपेक्षता लाध्न खोजेर यस क्षेत्रमा अशान्ति निम्त्याउन खोजिएको सपष्टछ, त्यसको हामी भ्रत्सना गर्दछौं, निन्दा गछौंं । हिन्दु अधिराज्यलाई राजनीति मुद्धा बनाइनु हुँदैन । विश्वलाई धर्म युद्धबाट मुक्त राख्न र विश्व शान्तिको लागि विश्वका सबै धर्महरुको सहअस्तित्व कायम राख्नको लागि नेपालमा राजसंस्था र हिन्दु अधिराज्यको निरन्तरता सबै पक्षको लागि समाधानको बाटो हो ।

बितेको ११ बर्षदेखिको नेपालको अधोगतिको कारण हिन्दु अधिराज्य र राजसंस्थाको विस्थापित भएर नैं हो भन्ने कुरा अव कसैबाट लुक्न सक्तैन । अव यो देशको अस्तित्व बचाएर अगाडि बढ्न एक मात्र विकल्प हो– संवैधानिक राजसंस्था र हिन्दु अधिराज्यलाई यथावत कायम राखेर राजा ज्ञानेन्द्रकै उपस्थितिमा सर्वपक्षीय मन्त्रिमण्डल बनाएर राष्ट्र निर्माणमा सम्पुर्ण जनताको सक्रिय सहभागीतामा देश र जनतालाई राहत दिलाउनु सक्नुपर्छ । यसो भएपछि सबैको लागि बाटो खुल्छ, देश बाँच्छ, विदेशीहरुको चलखेल सबै समाप्त हुन्छ ।