नेपालकाे एयरपोर्टमा भारतीय दादागिरी - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

नेपालकाे एयरपोर्टमा भारतीय दादागिरी



काठमाडौं – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्रिभुवन विमानस्थलमा भारतीय सुरक्षाकर्मीले गर्दै आएको अलग्गै सुरक्षा जाँच उचित नभएको स्वीकार गरेका छन् ।

परराष्ट्र मन्त्रालयले आइतबार राजधानीमा आयोजना गरेको सम्पादकहरुसँगको अन्तर्क्रियामा मन्त्री ज्ञवालीले विमानस्थलमा हुँदै आएको भारतीय सुरक्षा जाँचबारे समस्या समाधान गरिने बताए ।

भारतका लागि त्रिभुवन विमानस्थलबाट विमान चढ्ने बेलामा ढोकैमा भारतीय सुरक्षा जाँच हुँदै आएको छ । मन्त्री ज्ञवालीलाई यस सम्बन्धमा सोधिएको प्रश्नमा उनले भने, ‘त्यो लिगेसीबाट आएको हो, नयाँ सिर्जना होइन ।’

परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘त्यो फेयर छैन, एउटा विन्दुमा गएर मिलाउँछौं । समाधान गर्छौं ।’

भारतले नेपाली सुरक्षा अधिकारीहरुको कामको विश्वसनीयतामाथि प्रश्न उठाउँदै विमानस्थलमा आफ्नै सुरक्षा जाँच गर्ने गरेको हो ।