माधव नेपालसहित ११ सांसदमाथि कारबाही हुँदै - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

माधव नेपालसहित ११ सांसदमाथि कारबाही हुँदै



काठमाडौँ : नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज बैठक बोलाएका हुन् । ओलीले बालुवाटारमा आज दिउँसो १२ बजेपछि स्थायी कमिटी बैठक बोलाएका हुन् ।

माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरुलाई सोधेको स्पष्टिकरण बुझाउने समय आज बिहानबाट सकिएको छ । आज उनीहरूमाथि कारबाहीको निर्णय बैठकले गर्ने एक नेताले दाबी गरे ।

उनका अनुसार आजको बैठकले त्यसबारे थप निर्णय लिने तयारी रहेको छ । त्‍यस्तै पार्टीको आन्तरिक विवादबारे छलफल हुने बताइएको छ ।