नेपाललाई झड्का ,९ ओभरको खेल सकिदा ४ विकेट पतन - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

नेपाललाई झड्का ,९ ओभरको खेल सकिदा ४ विकेट पतन



काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको अन्तिम खेलमा नेपालले अहिले आयोजक सिंगापुरसँग प्रतिस्पर्धा गरिरहेको छ ।

ईण्डियन एसोसियसन क्रिकेट मैदानमा सिंगापुरले दिएको १९२ रनको लक्ष्यसहित नेपालले जवाफी ब्याटिङ गरिरहेको छ ।

सिंगापुरविरुद्ध ब्याटिङ गरिरहेको नेपालले चौंथो विकेट गुमाएको छ । नेपालले चौंथो विकेटको रुपमा रोहित कुमार पौडेललाई ५ रनमा गुमाएको हो ।

नेपालले ९ ओभरको खेल सकिदा ४ विकेट गुमाएर ७३ रन जोडको छ ।