नेपाल आइडलको टिम किन पुग्यो युरोप ? - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

नेपाल आइडलको टिम किन पुग्यो युरोप ?



बार्सिलोना । नेपाल आइडलको टिम युरोप आइपुगेको छ । नेपाली नयाँ वर्षको उपलक्ष्यमा युरोपभर सांगीतिक प्रस्तुतिका लागि कलाकारको उनीहरु बिहीबार जर्मनी आइपुगेका हुन् ।

 

टिममा नेपाल आइडल बुद्ध लामा,फर्स्ट रनरअप निशान्त भट्टराई, सेकेन्ड रनरअप प्रताप दास र कार्यक्रम प्रस्तोता सुशील नेपाल रहेका छन् ।

‘हाम्रो इभेन्ट नर्वे’ को स्पोन्सरमा कलाकारहरुको टोली युरोप आएको हो। आयोजक टिमका कुमार पण्डितका अनुसार हालसम्म जर्मनी, बेल्जियम, नेदरल्यान्ड्स, डेनमार्क, नर्बे, पोल्याण्ड, स्पेनमा कार्यक्रमहरु तय भइसकेका छन् ।

अहिलेसम्म उनीहरुको ६ भन्दा बढी कार्यक्रम निश्चित भएका छन् । पछिल्लो क्रममा चल्तीका कलाकारहरु नै आए पनि युरोपलाई राम्रो कभर गर्न चुनौतीपूर्ण नै देखिएको छ।

आयोजक टिमका पण्डित भन्छन् ,’नेपाल आइडलको टिमलाई युरोपका दर्शकमाझ ल्याउन तथा नेपाली संगीतलाई यहाँसम्म पुर्‍याउन नै कार्यक्रम आयोजना गरेका हौं ।’