नेपालसँग भेटेर गुरुङले भने: ओली र तपाईँको इगोको मूल्य हामीले कहिलेसम्म चुकाउने ? - Himal Post Himal Post
  • २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
Logo

नेपालसँग भेटेर गुरुङले भने: ओली र तपाईँको इगोको मूल्य हामीले कहिलेसम्म चुकाउने ?



काठमाडौं- नेकपा एमाले ओली समुहका नेता तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई उनकै निवासमा पुगेर भेट गरेका छन् । नेपाल निवास कोटेश्वरमा दुई नेताबीच लामो छलफल भएको बताइएको छ ।

मंगलबार निवासमै’ पुगेका गुरुङले नेता नेपालसँग एमाले एकताको बिषयमा निकै लामो छलफल गरेका थिए । स्रोतका अनुसार गुरुङले ओली र नेपालबीचको इगोको कारण आफूजस्ता धेरै नेताहरूले मूल्य चुकाउनु परेको बताएका थिए ।

उनले एमालेलाई दुई अध्यक्ष प्रणालीमा लगेर भएपनि एकता जोगाउनुपर्ने भन्दै नेपाललाई दवाव दिएका थिए । गुरुङले सोमबार बसेको स्थायी कमिटी बैठकमा पार्टी एकता जोगाउनका निम्ति नेता नेपाललाई समेत अध्यक्ष बनाएर अघि बढ्न तयार हुनुपर्ने प्रस्ताव राखेका थिए । तर त्यो प्रस्तावमा भने ओली मौन बसेको बताइएको छ ।

पार्टी एकता गराउने उद्देश्यले कास्कीबाट केहिदिन अगाडी काठमाडौं आएका नेता गुरुङ लगातार यो प्रयासमा लागेका छन् । मंगलबार नेता नेपालसंगको भेटवार्ता पनि यसैका लागि थियो । उनले नेता नेपाललाई आफूले अध्यक्ष ओलीसँग पनि खरो कुरा गरेको भन्दै एकता जोगाउन आग्रह गरेका थिए ।

लामो इतिहास बोकेका नेताहरूले गरेका हर्कतहरूको मूल्य आफूहरूले चुकाउनुपरेको बताएका थिए । जवाफमा नेपालले अध्यक्ष ओलीकै कारण अहिलेको समस्या आएको बताएका थिए ।

सोमबार मदनभण्डारीको जन्मजयन्तीका अवसरमा प्रधानमन्त्री ओलीले नेता नेपालप्रति तुच्छ टिप्पणी गरेपछि एकताको माहोल झनै बिग्रिएको छ । ओलीले नेपाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मामुली कार्यकर्ता भएको र कांग्रेसमा प्रवेश गर्दा उत्तम हुने भनेपछि सामाजिक संजालमा समेत विरोध भैरहेको छ ।