माधव नेपाले भने: माओवादीसँग छिट्टै एकता हुन्छ
काठमाडौँ । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफूहरु छिट्टै नै माओवादीसँग एकता गर्ने बताएका छन् ।
बिहीवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी नेता नेपालले आफूहरु छिट्टै नै अन्य पार्टीसँग सहकार्य गर्ने बताएका हुन् ।
त्यस्तै एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सिद्धान्तहरुलाई तिलान्जली दिन खोजेपछि आफूहरुले नयाँ पार्टी खोल्न बाध्य भएको बताएका छन् ।
उनले आफूहरुले धेरै दुख सहेर नयाँ पार्टीको निर्माण गरेको उल्लेख गरे । कम्युनिष्ट आन्दोलनमा नयाँ अध्याय सुरु गर्न लागेको नेपालको भनाई छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेसँगै नेता नेपालले नयाँ दल दर्ता गरेका थिए । उनले हिजो बुधबार दल दर्ताको प्रमाणपत्र पाइसकेका छन् ।