नेपाल साइकल यात्रीलाई दक्ष सीप तालिम केन्द्रले गर्‍यो सम्मान - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

नेपाल साइकल यात्रीलाई दक्ष सीप तालिम केन्द्रले गर्‍यो सम्मान



कमल खड्का/ बराहक्षेत्र 

बराहक्षेत्र नगरपालिका बाट नेपाल साइकल यात्रामा निक्लेका ओम प्रकाश बानियाँलाई हिँडेको चौथो दिन ईटहरीमा दक्ष सीप प्रशिक्षण तथा रोजगार केन्द्रले सम्मान गरेको छ ।

ईलेक्ट्रीकल एक्सपोर्ट जय प्रकाश ढकाल ज्युको सभापतित्वमा आयोजना भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल साइकल यात्री ओम प्रकाश बानियाँ, अतिथिहरूमा मोबाइल रिपीयरिङ तर्फका नवीन श्रेष्ठ, फेसन डिजाईनर चन्द्र कला चौधरी, त्यसै संस्थाका अध्यक्ष लक्ष्मी शर्मा, अफिस कोडीनेटर पुष्प शाह, कार्यकारी निर्देशक सुमन शाह लगायत रहेका थिए ।

प्रमुख अतिथि बानियाँले आफूलाई सम्मान गर्नु भएकोमा अत्यन्तै खुसी लगेको बताए । बानियाँले आफ्नो कुरा थप्दै भने तपाईँहरूको सम्मानको उचित कदर गर्नेछु मलाई अझै हौसला मिलेको भन्दै दक्ष सीप प्रशिक्षणको खुलेर प्रशंसा गर्नुभयो ।

कार्यकारी निर्देशक शाहले युवा वर्गबाट यस्तो काम भएकोमा अत्यन्तै खुसी लागेको बताउँदै सफल साइकल यात्राको शुभकामना व्यक्त गर्नुभयो ।

दक्ष सिप प्रशिक्षण तालिम केन्द्र सिटीईभिटी बाट मान्यता प्राप्त संस्था हो । यस संस्थाले विभिन्न विधामा सीप मूलक तालिम प्रदान गर्दै आएको छ ।