फेरि नाकाबन्दी गर्ने भारतको संकेत : मिडियामा नेपालकै चर्चा - Himal Post Himal Post
  • २२ फाल्गुन २०८१, बिहीबार
  •      Thu Mar 6 2025
Logo

फेरि नाकाबन्दी गर्ने भारतको संकेत : मिडियामा नेपालकै चर्चा



काठमाडौं- नेपाल र भारतबीच जारी सीमा विवादले भारतीय मिडियामा भूकम्प नै गएको छ । नेपालले आफ्नो नयाँ नक्सा सर्वसम्मत ढंगले पारित गरेपश्चात भारतका जानकारहरू पनि आफ्ना धारणा राख्न तल्लिन छन् ।

भारतीय मिडियाहरूले त नेपाललाई पुन: नाकाबन्दी गर्नुपर्ने राय समेत दिइसकेका छन् । त्यहाँका मिडियाकै कारण नेपाल र भारत बीच तातीरहेको सीमा विवादले नयाँ मोड लिन थालेको छ । नेपालले प्रतिनिधिसभाबाट सर्वसम्मतले पारित गरेको नयाँ नक्शा प्रति दिल्लीले प्रधानमन्त्री ओलीले सुचना लुकाएको समेत आरोप लगाइसकेका छन् ।

नेपालले प्रतिनिधिसभाबाट सर्वसम्मतले पारित गरेको नक्शा प्रति भारतीय विदेश मन्त्रालयका प्रवत्ता अनुराग श्रीवास्तवले भने– ‘भारतले सीमा विषमा पहिलै आफ्नो स्पटोक्ति दिइसकेको र भारतीय भूभाग समेटेर नेपालले जारी गरेको नयाँ नक्शा प्रति भारतले आपत्ति प्रकट गरिसकेको छ ।’

‘ऐतिहासिक तथ्य वा प्रमाणका आधारमा नेपालले दाबी नगरी कृत्रिम विस्तारबाट नेपालले नयाँ नक्शा बनाएकोमा यो मान्य हुदैँन’ –स्रिवास्तवले भनेका छन् । नेपालले गरेको वार्ता अनुरोधलाई स्वीकार्दै कूटिनीतिक माध्यमबाट मुद्दालाई सुल्झाउन प्रयास हुने सक्ने आशा भने नेताहरूले कायम राखेका छन् ।

नयाँ नक्शा पारित गरेपश्चात नेपाल र भारतको कूटनीतिक सम्बन्धमा संकट देखापरेको भारतीय मिडिया र लेखकहरूले बताएका छन् । नेपालले दाबी गरेको भूभाग कृत्तिम भएको उनीहरूको आरोप छ । नक्शा पास गर्ने निर्णयले सीमा मुद्दाहरुमा हुने वार्ताको दूईपक्षिय साझेदारीलाई उल्लंघन गर्न खोजेको भारतले आरोप लगाउन थालेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा उत्पन्न पछिल्लो अवस्थाबारे उल्लेख गर्दै अब दिल्ली कडा रुपमा प्रस्तुत हुने विषय भारतीय सञ्चार माध्यमले जनाएका छन् । नेपालले नयाँ नक्शा जारी गरेपश्चात दूवै देशबीचको सचिवस्तरमा वार्ता गर्न नेपालले भारतलाई बारम्बार अनुरोध गरिरहेतापनि भारतीय पक्षबाट कुनै प्रतिक्रिया आएको छैन ।

प्रधानमन्त्रीस्तरबाट भने अप्रिल १० तारिखको टेलिफोन संवादमा महामारीलाई र तत्काल उत्पन्न भएको सीमा विवादलाई लिएर संवाद भएको थियो । भारतमा नेपालले चालेको कदमले सम्बन्धमा धक्का पुगेको भनिएको छ ।

भारतले सीमा विवादीत क्षेत्रमा व्यापक हस्तक्षेप र जबरजस्ती गर्न सक्ने अनुमान गरिएको छ । नेपाल पछि नहटे सन् २०१५ मा भारतद्वारा गरिएको नाकाबन्दी पुनः निम्तिन सक्ने संचारमाध्यमले उल्लेख गरेका छन् । भारतले आक्रमक कदम चाल्न सक्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।