एक महिनामै माधव नेपालको बोली फेरियो
काठमाडौं- नयाँ पार्टी गठन गरेको केहि सातामै नेकपा (एकीकृत समाजवाद)का अध्यक्ष माधवकुमार नेपालले बिली फेरेका छन् । पार्टी सार्वजनिक गर्ने क्रममा उनले तत्काल विचार मिल्ने कम्युनिस्ट पार्टीसँग एकता गर्ने बताएका थिए ।
त्यसपछि भएको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले एकीकृत माओवादी केन्द्रसँग पार्टी एकता गर्ने इच्छा ब्यक्त गरेका थिए । तर केन्द्रीय कार्यालय उद्घाटन गर्ने क्रमामा उनले बोली फेरेका छन् ।
उनले तत्काल कुनै पनि दलहरूसँग पार्टी एकता नगर्ने बताएका छन् । पार्टी कार्यादलय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले तत्काल पार्टी एकता नगर्ने बताएका हुन् ।
माओवादी केन्द्र, नेकपा (एस)सहित कम्युनिस्ट पार्टीबीच एकता हुन गर्ने भनिएका बेला उनको सो अभिव्यक्ति सार्वजनिक भएको हो ।
तर, अध्यक्ष नेपालले आगामी निर्वाचनमा दलहरूबीच चुनावी तालमेल हुने बताए । आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरूबीच चुनावी तालमेल हुने अध्यक्ष नेपालको भनाइ छ ।