सरकारको आदेश अवज्ञा गर्दै माधव नेपाल समूहले डाक्यो भेला - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

सरकारको आदेश अवज्ञा गर्दै माधव नेपाल समूहले डाक्यो भेला



काठमाडौं- संक्रमण बढीरहेकै बेला नेकपा (एमाले)को खनाल–नेपाल समूहले आज नवलपरासीमा जिल्ला भेला गरेको छ । कोरोना संक्रमण अनियन्त्रित भैरहेका बेला नेपाल समुहले भेला आयोजना गरेको हो ।

पार्टीमा समानान्तर कमिटी गठन गर्न आयोजना गरिएको भेलामा ठूलो संख्यामा नेता कार्यकर्ताहरु सहभागी छन् । संक्रमण नियन्त्रणका लागि सरकारले विभिन्न कार्यक्रम घोषणा गरिरहेकै बेला नेपाल समुहले भेला आयोजना गरेपछि कार्यक्रम विवादित बनेको छ ।

कोभिड–१९ को संक्रमण रोक्न सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड उल्लंघन गर्दै नेपाल समुहले भेला आयोजना गरेपछि यसको चर्को आलोचना भैरहेको छ छ ।

कोभिड–१९ को दोस्रो लहर फैलिएकाले नियन्त्रणका लागि सरकारले २५ जनाभन्दा धेरै भेला हुन नपाउने निर्णय गरिसकेको छ । तर नेपाल समुहले भने ठुलो संख्यामा नेता कार्यकर्ता भेला गरेको छ ।

सरकारले ५०० भन्दा बढी संक्रमित भएका जिल्लामा निषेधाज्ञा जारी गर्न पनि डीसीएमसीलाई अख्तियारी दिइसकेको छ । यस्तो अवस्थामा सरकारको निर्णयको अवज्ञा गर्दै नवलपरासीमा भेला गरिएको हो ।