नेपाल भारत मैत्री सन्देश दिन युथ मिसनको ‘वृक्षरोपण अभियान’
नयाँ दिल्ली
भारतको राजधानी नयाँ दिल्लीमा नेपाल इन्डिया युथ मिसनले नेपाल भारत मैत्री सन्देश दिन आइतबार वृक्षरोपण अभियान गरेको छ । मिसनले दिल्ली स्थित नयाँ अशोक नगर छठ घाटमा वृक्षरोपण गरी नेपाल भारत मित्रता वातावरण सन्देश दिएको हो ।
वृक्षरोपणमा नेपाल इन्डिया युथ मिसनको अध्यक्ष मधुरेन्द्र जैसवालले नेपाल भारत मैत्री सम्बन्ध र वातावरणमा जोड दिँदै दुवै देशका युवालाई आआफ्नो घरमा एक/एक वृक्षरोपण गरी वातावरण बचाउनु पर्छ भन्दै यो अभियानमा आउन सबैलाई आह्वान गरेको छन् ।वातावरण नै खराव भयो भने हामि सबैलाई असर पर्ने हुदाँ हामीले नै जोगाउनु पर्ने उनले बताए ।
त्यसैगरी कार्यक्रममा युथ मिसन माहासचिव अजित कुमारले एक पोधा सय पुत्र बराबर हुने भन्दै उक्त वृक्षरोपण अभियानमा सबैले साथ् दिन आग्रह गरे ।
युथ मिसनका केन्द्रीय सदस्य प्रविन चौधरी, सुनील दत र रुयल प्रेसिडेंट अलोक साह, पर्यावरण संरक्षण सामाजिक ज्ञान केन्द्रका निर्देशक राजीव रंजन, पर्यावरण विद् साइकिलिस्ट रतन रंजन, एम मिसने करोड़ रुख अभियानके डायरेक्टर राजीव सिंह आदि समारोहमा सहभागी भएका थिए ।