नेपाल भारत मैत्री संघ लम्की उपशाखाको आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

नेपाल भारत मैत्री संघ लम्की उपशाखाको आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न



गोविन्द बीसी
लम्की,कैलाली । नेपाल भारत मैत्री संघ लम्की उपशाखा , कैलालीको आयोजना तथा नगर बाल अधिकार संरक्षण तथा सम्बर्द्धन समिती लम्कीचुहाको सह आयोजनामा आज कैलालीको लम्कीमा तिज विशेष कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल भारत मैत्री संघ लम्कीका अध्यक्ष रंगप्रसाद तिमिल्सैनाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य माननीय कमला कुमारी ओली रहनु भएको थियो ।

“सुखी नेपाली , समृद्ध नेपाल : बाल अधिकार सबैको सरोकार” भन्ने मुल नारा सहित उक्त अवसरमा लम्कीचुहा नगरपालिका स्तरीय अन्तर वडा बालिका नृत्य र बाल अधिकार सबैको सरोकार विषयक वक्तृत्वकला प्रतियोगिता समेत सम्पन्न भएको छ।

वक्तृत्वकला प्रतियोगितामा लम्कीचुहा नगरपालिका वडा नम्बर १ का रोहन तिमिल्सैनाले प्रथम स्थान, वडा नम्बर ७ का प्रकाश चौलागाईंले दोस्रो , वडा नम्बर ८ का रेखा खड्काले तेस्रो र वडा नम्बर ३ का करुणा बजगाईले सान्त्वना स्थान प्राप्त गरेका छन ।

त्यसैगरी बालिका तिज नृत्य प्रतियोगितामा वडा नम्बर ५ का सपना रावलले प्रथम स्थान, वडा नम्बर ३ का सुनिता बिष्टले दोस्रो , वडा नम्बर १ का कमला बिष्टले तेस्रो वडा नम्बर ८ का सृजना बिष्टले सान्त्वना स्थान प्राप्त गरेका छन ।

कार्यक्रममा प्रमुख अथितीको आसन बाट बोल्दै राष्ट्रिय सभा सदस्य माननीय कमला कुमारी ओलीले बाल अधिकारको सुनिश्चितताका लागि सरकार गम्भीर रहेको बताउदै सबैका अधिकार सुनिस्चित गर्न ऐन नियम बन्ने प्रक्रियामा रहेकोले वर्तमान सरकार सबैलाई अधिकार दिन तयार रहेको बताउनु भयो ।

नेपाल भारत मैत्री संघ केन्द्रिय कर्यालयको मुख्य प्रयोजनमा भएको कार्यक्रममा बिशिस्ट अतिथि लम्कीचुहा नगरपालिकाका उपप्रमुख टीका थापाले आगामी दिनमा लम्कीचुहा नगरपालिकाले बालबालिका लक्षित कार्यक्रम संचालनका लागि आफुले पहल गर्ने बताउदै नगरपालिकाका तर्फबाट बालबालिकाका अधिकारका लागि आफ्नो सधै प्रयास रहने बताउनु भयो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कैलालीका कोषाध्यक्ष तथा नगर बाल अधिकार संरक्षण तथा सम्बर्द्धन समिती लम्कीचुहाका अध्यक्ष मोतिप्रसाद उपाध्याय , लम्कीचुहा उद्योग वाणिज्य संघका उपाध्यक्ष शुशिला शाही, नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखाका सचिव बिनोद आचार्य , गाउँ बाल अधिकार संरक्षण तथा सम्बर्द्धन समिति पथरैयाका अध्यक्ष उदय खत्री , मिसन वी क्यान लम्कीका कृष्ण बटाला, नगर बाल संजाल लम्कीचुहाका अध्यक्ष यसोदा देबकोटा लगायतका वक्ताहरुले तिजको शुभकामना मन्तव्य राख्नु भएको थियो ।

प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना स्थान प्राप्त गर्न सफल बालबालिकाहरुलाई नगद सहित पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । नगर बाल अधिकार संरक्षण तथा सम्बर्द्धन समिति लम्कीचुहाका उपाध्यक्ष जुगराम चौधरीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन नेपाल भारत मैत्री संघ लम्की उपशाखाका सचिव शिव थापाले गर्नु भएको थियो ।