माधव नेपाल भन्छन्: राज्यको खर्च बचाउन एकै चरणमा तीन तहको निर्वाचन गर्न सहमति - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

माधव नेपाल भन्छन्: राज्यको खर्च बचाउन एकै चरणमा तीन तहको निर्वाचन गर्न सहमति



काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष मावधकुमार नेपालले तीनवटै तहका निर्वाचन एकै चरणमा गर्दा राज्यको खर्च बच्ने भएकाले गठबन्धन सरकार एकै चरणमा चुनाव गर्ने दिशामा अघि बढेको बताएका छन् ।

मीनभवनस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान अनुसार गर्नुपर्ने निर्वाचन एकै चरणमा गर्ने दिशामा सरकार अघि बढेको बताएका हुन् ।

‘पाँच चरणमा चुनाव हुँदा २५ अर्ब खर्च भएको दृष्टान्त छ । एकै चरणमा निर्वाचन भएमा पाँच अर्ब खर्च हुन्छ भन्ने हिसाबकिताब छ,’ नेपालले भने,’ राज्यको खर्च बच्ने भएकाले एकै चरणमा निर्वाचन गर्ने तयारी भएको हो ।’

अध्यक्ष नेपालले राष्ट्रियसभा निर्वाचनमा पाँच दलीय गठबन्धनमा १९ जना उम्मेदवार उठाएको भन्दै परिणामपछि फेरि राजनीतिमा तरंग पैदा हुने बताए । एकीकृत समाजवादीमा उत्साह बढिरहेको उनको दाबी छ ।