एमालेभित्र माधव नेपाल समूह 'बायस': थाहै नदिई ओलीले गरे महत्वपूर्ण निर्णय - Himal Post Himal Post
  • २२ माघ २०८१, मंगलवार
  •      Tue Feb 4 2025
Logo

एमालेभित्र माधव नेपाल समूह ‘बायस’: थाहै नदिई ओलीले गरे महत्वपूर्ण निर्णय



काठमाडौं- नेकपा एमालेको केन्द्रीय कमिटी बैठक माधव नेपाल पक्षलाई थाहै नदिई सम्पन्न गरिएको छ । त्यतिमात्र होइन नेपाल पक्षले थाहै नपाइ महत्वपूर्ण निर्णयहरू समेत गरिएको छ ।

बैठकले महाधिवेशनको मिति तोक्नुका साथै नेताहरूको जिम्मेवारी समेत तोकेको छ । बैठकले नेकपा माओवादी केन्द्रबाट एमालेमा समाहित भएका रामबहादुर थापा बादललाई वागमती प्रदेशको इन्चार्ज बनाएको छ ।

बादलसहित २३ जना माओवादी नेता एमालेको केन्द्रीय कमिटीमा मनोनीत भएका छन् ।

त्यस्तै सातै प्रदेशका इन्चार्ज र सहइन्चार्ज पनि तोकिएका छन् । प्रदेश १ मा सुवास नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा मणि थापा र सुदूरपश्चिममा लेखराज भट्ट इन्चार्ज तोकिएका छन् ।

नेकपा विभाजनपछि ओली पक्षले बनाएका सबै कमिटी र जनसंगठनका नेतृत्वसमेत हाललाई यथावत रहने अध्यक्ष केपी शर्मा ओलीले बैठकमा जानकारी दिएका छन् ।