नेपालबाट ल्याइएको बुद्ध प्रतिमालाई औपचारिक रूपमा दक्षिण कोरियामा अनावरण - Himal Post Himal Post
  • ८ माघ २०८२, बुधबार
  •      Wed Jan 21 2026
Logo

नेपालबाट ल्याइएको बुद्ध प्रतिमालाई औपचारिक रूपमा दक्षिण कोरियामा अनावरण



केशव पोखरेल /दक्षिण कोरिया

गौतम बुद्ध नेपालमा जन्मेका हुन भनेर प्रचार प्रसार गर्ने उद्देश्यले नेपालबाट ल्याइएको बुद्धको प्रतिमालाई आज एक विशेष कार्यक्रम सहित अनाबरण गरिएको छ ।

दक्षिण कोरियाको योङ्गिन सहर स्थित वाऊछाङ्सा गुुम्वामा उक्त प्रतिमालाई राखिएको छ । नेपाल सम्पर्क समिति कोरियाको संयोजन तथा बौद्ध परिवार कोरियाको सहकार्यमा उक्त प्रतिमालाई नेपालमा निर्माण गर्न लगाएर यहाँ ल्याइएको थियो ।

बुद्ध प्रतिमा को अनाबरण कार्यक्रम मा प्रमुख अतिथि कोरियाका लागि नेपाली राजदूत अर्जुन जंगबहादुर सिंह रहनु भएको थियो । उक्त कार्यक्रम मा बोल्दै राजदूत सिंहले बुद्ध नेपालमा जन्मेका हुन भनेर चिनाउनको निम्ति यति ठुलो कार्यक्रम गरी सफल बनाएकोमा उक्त कार्यक्रम को संयोजन गरेको नेपाल सम्पर्क समिति र, सहकार्य गरेको बौद्ध परिवार कोरियालाई विशेष धन्यवाद व्यक्त गर्नु भएको थियो ।त्यसै गरी यस्तो महत्त्वपूर्ण कार्यक्रममा कोरिया मा रहेका सम्पूर्ण नेपालीको साथ र सहयोग रहेको भन्दै नेपाल सम्पर्क समिति कि अध्यक्ष एवं उक्त कार्यक्रम कि संयोजक अन्जु के. सी ले सम्पूर्ण कोरियावासि नेपालीलाई आभार व्यक्त गर्नु भएको थियो ।

उहाँले भन्नुभयो ” सुरुमा कार्यक्रम सफल नहुने हो कि भनेर डर लागेको थियो, आज सम्पन्न गर्न सफल भएकोमा एकदम खुसी छु ।”उहाँले थप्नुभयो काम गर्ने क्रममा विभिन्न कठिनाइ आईपरेपनि ती कठिनाइको सहजिकरण गर्दै यहाँ सम्म आएर कार्यक्रम सफल पारियो ।

पछिल्लो समयमा भारतले बुद्ध आफ्नो देशमा जन्मेका हुन भनेर भ्रामक हल्ला फिंजाई रहेको अवस्थामा भगवान् गौतम बुद्ध को जन्म नेपालमा भएको थियो भनेर विश्व जगतलाई चिनाउनको निम्ति पनि उक्त प्रतिमा स्थापना गरिएको हो ।केहिदिन अघिमात्र नेपालबाट ल्याइएको बुद्ध को उक्त प्रतिमालाई गत मे १२ तारिक लोटस लाल्टिन फेस्टिवल मा विभिन्न नेपाली झाँकि सहित सऊल नगर परिक्रमा गराइएको थियो ।उक्त प्रतिमा नेपालबाट बनाएर ल्याउन र प्रतिमा राख्ने ठाउँ बनाउनको लागि लगभग ५ करोड वन लागेको अनुमान गरिएको छ ।