भारतीय न्यूज च्यानलहरु नेपालमा प्रतिबन्ध
काठमाडौँ- नेपालमा भारतीय न्युज च्यानलहरू बन्द गरिएको छ । केही समययता नेपाल र नेपाली नेताहरुबिरुद्ध जथाभावी प्रचारबाजी गरिरहेका भारतीय न्यूज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरिएको हो ।
नेपालको राष्ट्रियतामाथि आँच आउने समाचारहरु प्रसारण भएको भन्दै विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ)ले बिहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानल बन्द गरेको छ ।
भ्रामक र अतिरञ्जित खबर फैलाउने भारतीय न्यूज च्यानलहरुको प्रसारण बिहिबार साँझदेखि बन्द गरिएको एमएसओले जनाएको छ ।
जीटिभी, आजतक, एबिपीलगायत समाचार च्यानलहरु बन्द गरिएका हुन्। बिहीबार साँझदेखि नेपालमा कुनै पनि भारतीय न्युज च्यानलहरु प्रसारण भएका छैनन्।